मिटरब्याजी विरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ २
मिटरब्याजी बिरुद्ध उजुरी दर्ता गर्न पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा पनि मिटरब्याजी पीडित भएमा त्यस्ता व्यक्तिले प्रशासनमा उजुरी दिन आग्रह गरेको हो ।
सूचना अनुसार मिटरब्याजी बिरुद्ध भदौ ५ गते सम्म उजुरी दर्ता गराउन सकिने छ । “मिटरब्याज आर्थिक अपराध हो । त्यस्ता अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनका लागि पीडित व्यक्तिहरुले उजुरी दिन पर्छ ।” प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भन्नुभयो, “दोलखामा पनि मिटरब्याजीबाट पीडित व्यक्तिहरु हुन सक्छन् । उनीहरुलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पीडित व्यक्तिहरुबाट तथ्य र प्रमाणसहित उजुरीको आह्वान गरिएको हो ।”
मिटरब्याजी अपराध नियन्त्रणका लागि गठित कार्यदलले गत शनिबार सूचना जारी गर्दै देशभरका मिटरव्याजी पीडितलाई उजुरी दर्ताका लागि आह्वान गरेको थियो । अहिले देशभर मिटरब्याजीबाट पीडित व्यक्तिहरुले अहिले आफू रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराइरहेका छन् ।


Shares

Be the first to comment on "मिटरब्याजी विरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह"

Leave a comment

Your email address will not be published.


*