मिलीजुली कालिञ्चोक सहकारीमा नयाँ नेतृत्व

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, मंसिर १४
मिलीजुली कालिञ्चोक सहकारीको नव निर्वाचित नयाँ संन्चालक समितिले शनिबार सपथ लिएका छन । गत असोज ३० गते भएको साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको थियो । सहकारीको अध्यक्षमा पुनः नारायण बहादुर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन । सञ्चालक समितिमा महिला सदस्य बालकुमारी श्रेष्ठ र गौरी बस्नेत चयन भएका छन् । खुल्ला सदस्य तर्फ अर्जून प्रसाद चौलागाईँ र नारायाण प्रसाद सापकोटा चयन भएको संस्थाका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले बताए । गाउँपालिकाको महिला तर्फ सदस्यमा अनिता खड्का(श्रेष्ठ), शैलुङ गाउँपाकिाबाट रमेश चौलागाईँ, कालिञ्चोक गाउँपालिकाबाट देवेन्द्र अर्याल र बैतेश्वर गाउँपालिकाबाट राजेश उप्रेती चयन भएका उनले बताए । त्यसैगरि लेखा समितिको संयोजकमा कृष्ण बहादुर गौतम चयन भएको सहकारीले जनाएको छ ।
संस्थाको लेखा समितिको सदस्यमा जगत नारायण श्रेष्ठ र रामकृष्ण श्रेष्ठ चयन भएका अध्यक्ष श्रेष्ठले बताए । नव निर्बा्चित सञ्चालक समिति र लेखा समितिले सपथ ग्रहण शनिबारै सपथ ग्रहण गरेका छन् ।

Shares

Be the first to comment on "मिलीजुली कालिञ्चोक सहकारीमा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*