मिलीजुली साकोसको २५ औं बार्षिक प्रतिनिधीमुलक साधारणसभा सम्पन्न

चरिकोट – मिलीजुली साकोसको २५ औं बार्षिक प्रतिनिधी मुलक साधारणसभा शनिवार चरिकोटमा गरेको छ । भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उद्घाटन गरेका थिए । मेयर केसी सहकारीलाई जनताको हितमा काम गर्न सुझाव दिएका थिए । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले सहकारीले सवैको सहकार्यमा एसियाली मापदण्ड प्राप्त गर्न सकेका बताए । संस्थाले निरन्तर रुपमा प्रविधीयुक्त सेवा दिने योजना बढाईरहेका उनले बताए । संस्थालाई सहकारीको ऐन नियम अनुसार काम भइराखेको र त्यसलाई पालन गर्न सहकारी सधै तयार रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष जिवसराज खड्काले सहकारी झन प्रविधी युक्त हुने पर्ने धारण व्यक्त गरे ।
साधारण सभामा संस्थाका कार्यवाहक सचिव कृष्णप्रसाद अधिकारीले बार्षिक नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरुना बस्नेतले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा असल ऋणी, असल बचतकर्ता, नियमित बचतकर्ता, असल कर्मचारी, दैनिक उत्कृष्ट बचतकर्ता, स्थापना कालका सदस्य, पूर्व सञ्चालक, पूर्वलेखा समिति, पूर्व कर्मचारी र एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई नगद सहित सम्मान गरिएको छ ।
६ हजार ७ सय ६३ जना वाल बचतकर्ता सहित संस्थामा २३ हजार ९ सय १० सदस्य रहेको मिलिजुली बचत तथा ऋण सहकारी सँस्थाको कूल बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैयाँ, ऋण लगानी ७१ करोड १९ लाख ५५ हजार ९ सय ७० र शेयर पूँजी ७ करोड १० लाख रहेको छ ।
संस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, जनकल्याण साकोसका अध्यक्ष रामचन्द्र बस्नेत, सहकारीकर्मी गोकुलध्वज कार्की, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रामदास श्रेष्ठ र संस्थापक सदस्य चेतबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "मिलीजुली साकोसको २५ औं बार्षिक प्रतिनिधीमुलक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*