मेरो आगनमा फुली दिन्छौ बर्सेनि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 तारा तामाङ
मेरो आगनमा फुली दिन्छौ बर्सेनि
उसलाई पनि थाह छ मैले मनपराउछु
त्यही भएर त खुस्क्क फुली दिन्छौ
अनि देख्न चाहन्छौ मन्द मन्द मुस्कान ओठमा
मधुर मुस्कान उसलाई देखे वापतको
सकेको भए उस्ले फुली दिने थियो होला सधै
तर प्रकृतिका केही उसूलहरु छन र पो
उ ढुक्क फुली दिन्छ बर्सेनि
अनि म पर्खी रहन्छु उसलाई बर्सेनि
जब चैत्र मासको मसान्त तिर लागिन्छ
अनि सम्झिन्छु तिमी लाई
त्यही पुरानो रङ गुलाबी
र शीतल वायु सङै सिरिरी चल्छौ
स्वागत छ यो बसन्तको पहिलो फुल तिमी
यसरीनै खुशी हुन्छु देखेर तिमीलाई
मन्द मन्द मेरो मुस्कान तिम्रै निम्ति हुने छ
यसरी फुली दिनु मेरो आगनमा बर्सेनि

 

Shares

Be the first to comment on "मेरो आगनमा फुली दिन्छौ बर्सेनि"

Leave a comment

Your email address will not be published.


*