मेलुङमा अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष पुरुष भलिवल प्रतियोगिता सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मेलुङ–मेलुङ–दोलखाको मेलुङ गाउँपालिकामा अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रदेश ३ का संसाद पशुपति चौलागाईले एक समारोह विच उद्धघाटन गर्दै खेलकुदले देशको नाम अन्तराष्ट्रीय रुपमा चिनाउने बताए । खेलकुदमा लाग्ने मानिस संसार भर प्रचार हुने उनको भनाई रहेको छ । कार्यक्रममा पालिकाका प्रमुख नर बहादुर श्रेष्ठले खेलकुदलाई पालिकाले विशेष प्राथमिकता राखेको बताए । मेलुङले भौतिक पुर्वधार विकास जोड दिएको भए खेलकुदमा विकास गर्न विशेष योजना ल्याएको उनले बताए । मेलुङ टुडिखेल निर्माण गर्न पालिकाले २० लाख विनियोजन गरेको श्रेष्ठले बताए । प्रतियोगितामा दोलखाका ६ वटा पालिका तथा रामेछापको एक पालिकाको सहभागिता रहेको पालिकाका प्रबक्ता हिरा थोकरले बताए । उद्धघाटन कार्यक्रममा नेकपा नेता शिव प्रसाद भण्डारीले मेलुङको यो प्रतियोगिताले नयाँ खेलाडी जन्माउन सहयोग पुग्ने विस्वास व्यक्त गरे । नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामाले खेलाडीलाई खेलमा अनुशासित भएर खेल खेल्न शुभकामना दिए। उद्धघाटन कार्यक्रममा नेकपा ईन्चार्ज रविन्द्र कार्की , पालिकाकी उपाध्यक्ष कल्पना भण्डारी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार नगद तथा द्धितिय हुने ६० तृतिय हुनेले ४० हजार तथा सान्त्वना हुने २० हजार नगद सहित मेडल , प्रमाण पत्र तथा टफ्रि पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा दोलखाका आयोजक मेलुङ गाउँपालिका , तामाकोसी गाउँपालिका , गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, विगु गाउँपालिका , जिरी नगरपालिका ,रामेछापको मन्थली नगरपालिकाले सहभागिता जनाएका छन । आज देखी सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने जनाइएको छ । https://www.youtube.com/watch?v=RWY_gUTvP94




Shares

Be the first to comment on "मेलुङमा अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष पुरुष भलिवल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*