मेलुङ गाँउपालिकाले सवै रोगका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने, २० लाखको कोष स्थापना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – दोलखाको मेलुङ गाँउपालिकाले “लक डाउन” अबधी भर सवै रोगका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । विहिबार बसेको पालिकाको बैठकले स्थानीय स्वास्थ्यको सिफारिसमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । “स्वास्थ्य चौकीमा रहेका स्वास्थ्कर्मी सिफारिसमा सवै रोगका विरामीको निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको पालिकाका प्रबक्ता हिरा थोकरले जानकारी दिए । बैठकले कोरोना(कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्न २० लाखको कोष स्थापना गर्ने निर्णय गरेको पालिकाका प्रमुख नर बहादुर श्रेष्ठले जानकारी दिए । बैठकले वडा नम्बर ७ मा रहेको श्यामटार प्राविमा क्वारेन्टाइन बनाउन निर्णय गरेको छ । विपन्न वर्गको लगत संङकलन गर्ने निर्णय गरेको छ । वैठकले पालिकाको अनुमति विना राहत वितरण गर्न रोक लगाएको प्रमुख श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "मेलुङ गाँउपालिकाले सवै रोगका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने, २० लाखको कोष स्थापना"

Leave a comment

Your email address will not be published.


*