मेलुङ गाउँपालिकाले एसइइका उत्कृष्ट ११ विद्यार्थीलाई दियो छात्रवृत्ति

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, २४ भदौ
मेलुङ गाउँपालिकाले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउँने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाले परीक्षामा ग्रेड ए र ए प्लस ल्याउने विद्यार्थीहरुलाई प्रतिविद्यार्थी ३५ हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।
शिक्षा दिवसका अवसरमा मेलुङ गाउँपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले अघिल्लो वर्ष प्रतिबद्धता गरेको कार्यक्रम अनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको जानकारी दिए । गाउँपालिकाले उच्च शिक्षामा जोड दिएकाले विद्यार्थीहरुलाई प्रोत्साहनका लागि नगदै वितरण गरेको बताए । यो छात्रवृत्तिलै विद्यार्थीहरुको उच्च शिक्षाका लागि सहयोग पुग्ने विश्वास गरे ।
मेलुङ गाउँपालिकाले रोजगारमूलक शिक्षामा जोड दिंदै प्राविधिक शिक्षालय खोल्ने योजना समेत बनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ मा प्राविधिक रोजगारमूलक प्राविधिक शिक्षालय खोल्न नीति नै पास गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुको पछिल्लो समय प्राविधिक तथा रोजगारमूलक शिक्षा तर्फ आकर्षण देखिएको र स्थानीयस्तरको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको उनले बताए ।
क्षमता भएर पनि विज्ञान जस्ता प्राविधिक र खर्चिलो शिक्षा हाँसिल गर्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले नै गाउँपालिकाले कार्यक्रम नै बनाएर छात्रवृत्ति वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद हुमागाईले जानकारी दिए । उनका अनुसार ११ जना विद्यार्थीलाई ३ लाख ८५ हजार छात्रवृत्ति स्वरुप वितरण गरेको हो ।
अघिल्लो वर्ष पनि गाउँपालिकाले ३ जनालाई ३० हजारका दरले छात्रवृत्ति वितरण गरेको थियो । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी उच्चतम् विशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो । शिक्षाको स्तर वृद्धि गर्नका लागि गाउँपालिकाले जुनसुकै उपाय पनि अपनाउने गरी काम गर्ने योजना बनाएको छ ।
विद्यार्थीहरुलाई बेलैदेखि सामाजिक सेवाको भाव विकास गर्न बाल क्लब बनाएर काम गराउने योजना छ । शिक्षकहरुको क्षमता विकास र विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यार्थीको भौतिक पूर्वाधार, शैक्षिक सामाग्रीको प्रयापत व्यवस्था लगायत शैक्षिक परिवर्तनका लागि ध्यान दिन लागेको हो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाले एसइइका उत्कृष्ट ११ विद्यार्थीलाई दियो छात्रवृत्ति"

Leave a comment

Your email address will not be published.


*