मेलुङ सुन्तला महोत्सव २०७६ सूरु (फोटो फिचर)

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सुदिप रसाइली
पवटी, मंसिर २८

दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्रको घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ सूरु भएको छ ।
पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका साथै सुन्तला बगैँचाको निर्माण गरि सुन्तला बचाउ अभियानका लागि अाजबाट  मेलुङ गाउँपालिकाका वडा नम्बर १ पवटीको रमाइलो डाडाँमा सो महोत्सव सूरु भएको हो ।

महोत्सवको उद्धघाटन प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गरे।
उक्त गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको वर, डाडाँगाँउ, च्याने, वडा नम्बर४ का लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६को तीनपिप्ले लगायतको स्थानमा सुन्तला उत्पादन हुने गरेको छ ।
सो स्थानहरु समुन्द्री सतहबाट ९ सय देखि १४ सय मिटर उचाईसम्म रहेकाले उत्पादित सुन्तलाहरु रसिलो र स्वादिलो हुने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए ।


उनको अनुसार गाउँपालिकालाई निकट भविष्यमा प्राङगारिक बनाउन पालिका लागि परेको छ ।
महोत्सवको पहिलो दिन अाज विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति, सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिएकाे छ ।

साथै पालिकामा उत्पादित औगोगिक सामग्रीको प्रदर्शनी गरिएकाे छ ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्र्रस्तुति र मेलुङ संकल्प नामक वृत चित्र प्रदर्शन गरिने थोकरले बताए

Shares

Be the first to comment on "मेलुङ सुन्तला महोत्सव २०७६ सूरु (फोटो फिचर)"

Leave a comment

Your email address will not be published.


*