गान्धीनगर (गुजरात), ४ असार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् । हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे । आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदी पञ्चमहल जिल्लाको प्रसिद्ध तीर्थस्थल पावगढको भ्रमण गर्ने कार्यक्रम रहेको गुजरात सूचना विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद
TOPICS:विदेश

Posted By: दीक्षण दैनिक ४ असार २०७९, शनिबार १४:२७

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद"