यात्रा कष्टकर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखावाट काठमाडौ आवातजात कष्टकर भएको छ । विगतको भन्दा सडक स्तरउन्नोती शुरु भएपछि चरिकोटबाट काठमाडौसम्मको यात्रामा जनताले सास्ती खेप्दै आएका छन।
विगतमा ४ घण्टा लाग्ने यो सडकमा ८ घण्टा भन्दा बेसी सयम लाग्ने गरेको स्थानीय बताएका छन । चरिकोटका व्यवसायी विक्रम पाण्डेले विगतमा ४ घण्टामा काठमाडौ पुग्ने गरेका अहिले १० घण्टामा आउन जान समय लाग्ने गरेको बताए ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोट सम्मको ५५ किलोमिटर सडक अलपत्र हुँदा हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मेको साथै पहिरोको त्रास बढेको छ । भारतको एक्जिम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौर देखि दोलखाको चरिकोटसम्म दुई प्याकेजमा सडक चौडा तथा कालोपत्रे जिम्मा २ वटा कम्पन्नी लिएका छन । खाडीचौर देखि मुडे सम्म २५ किलोमिटर सडक निर्माणका लागि भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वतीरसुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए ।
५० करोड ७२ लाख सडक निर्माण गर्ने कम्पनीले अहिले काम विचैमा अलपत्र बनार्उदा जनताले त्यसको प्रत्यक्ष मार खेप्नु परेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउनुपर्नेमा हालसम्म सकिएको छैन । पहिलोपटक २ जुन २०१८ सम्प म्याद थपेर काम गरेको ठेकेदार कम्पनीलाई दोस्रो पटक फेरि ’मे’ अन्तिम २०१९ सम्म काम सकाउन पत्र दिइएको छ । त्यसैगरी सिन्धुपाल्चोकको मुडेबाट दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर मालीरसुनौला खिम्ती जेभीले पनि सडक अलपत्र छाडेका छन् ।
२०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक चौडा तथा कालोपत्रे कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम अहिलेसम्म बन्न सकेको छैन । ९० करोड ९६ लाख सडक बनाउनुपर्ने काम पाएको ठेकेदार कम्पनीले पछिल्लो पटक ४ डिसेम्बर २०१८ मा काम सम्पन्न गर्ने भन्दै म्याद थपे पनि अझै काम अघि बढ्न सकेको छैन । सडक पर्यवेक्षणको जिम्मेवारी पाएका टिएमएस नर्थ स्टार कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेका अनुसार सडक बन्न अझै दुई बर्ष लाग्नेछ । उनका अनुसार खाडीचौर देखि चरिकोट सम्मको ५५ किलोमिटर सडक खण्डमा करिव १८० हजार घनमिटर सबबेस र बेस आवश्यक पर्छ । तर बेस र सबवेसका लागि आवश्यक पर्ने कच्चापदार्थ निर्माण गर्ने क्रसर अझै चल्न सकेको छैन ।
सबबेस र बेस तयार पार्न आवश्यक कच्चा पदार्थ पनि २५ हजार घनमिटर भन्दा माथि जम्मा गर्न नसकिएको अवस्थामा ठेकेदार कम्पनीले पछिल्लो पटक थपिएको समयावधीमा समेत काम सम्पन्न गर्न नसक्ने दावी कन्सलटेन्सीका प्रमुख न्यौपानेको छ ।
खाडीचौर देखि चरिकोट सडक खण्डमा छेउ भित्ता कटिङको काम लगभग पुरै सकिएको छ । मेसिनरी तथा ग्याविन वाल लगभग सकेपनि नाला बनाउने काम केहि बाँकी छ ।

Shares

Be the first to comment on "यात्रा कष्टकर"

Leave a comment

Your email address will not be published.


*