यान बहादुरको हत्या भएको पुष्टि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

इश्वर बिश्वकर्मा
चरिकोट, असार २
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ३ का २४ वर्षीय यान बहादुर बस्नेतको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जेठ ११ गते झ्याँकुको सर्सेपुमा मृत्त फेला परेका बस्नेतको हत्या भएको पुष्टि गरेको हो ।
रुखको फेदमा घाँटीमा डोरीसहित मृत्त फेला परेका बस्नेतले आत्महत्या गरेको जस्तो देखिएपनि हत्या आशंकामा सात जनालाई प्रहरीले पक्राउ गरी तीन साता लामो गम्भिर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये एक युवतीले हत्या गरेको खुलेको हो । युवतीले हत्या गरेपछि परिवार र छिमेकीसहित सात जना मिलेर घिसार्दै लगी रुखको फेदमा राखेको अनुसन्धानबाट खुलेको छ ।
यानबहादुर साँझ युवतीको घरमा गएको र विवाहको प्रस्ताव गरेपछि युवतीले सो प्रस्ताव अस्वीकार गरी उहाँको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी पौडेलले बताउनुभयो । घटना लगत्तै मृतकका आफन्तले हत्या आशंकामा प्रहरीमा जाहेरी दिएपछि सोको आधारमा प्रहरीले उनीहरुलाइ पक्राउ गरी अनुसन्धान गरेको थियो ।
गाउँकै एक विद्यालयमा लेखा कर्मचारी रहेका यान बहादुर र सोही विद्यालयमा अध्ययनरत १९ वर्षीया युवती बिच करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । दुई जना नाबालक समेत घटनामा संलग्न रहेकोले सबैको पहिचान खुलाउन नमिल्ने उहाँले बताउनुभयो । उनीहरुमाथी कर्तव्य ज्यान मुद्धामा अनुसन्धान पुरा भएकोले अदालत पेश गरिने उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "यान बहादुरको हत्या भएको पुष्टि"

Leave a comment

Your email address will not be published.


*