रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस)ः नेकपा माओबादी केन्द्रका नेता रितबहादुर खड्काको स्मृतिमा दोलखामा “रितबहादुर खड्का स्मृति भलिवल” प्रतियोगिता हुने भएको छ । फागुन २१ गतेदेखि युवा सञ्जाल दोलखाको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५१ हजार, द्धितीय हुने टिमले १ लाख ५१ हजार र तृतीय टिमले ५१ हजार र सान्त्वना टिमले २१ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने युवा सञ्जाल दोलखाका अध्यक्ष पुष्कर अधिकारीले बताउनु भयो । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले भाग लिन पाउने छन् । यो प्रतियोगिता दोलखा जिल्लामा नै पहिलो पटक ठुलो धन राशी पुरस्कार भएको आयोजकको दावी छ ।

Shares

Be the first to comment on "रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*