रेबिज

ताजा समाचारको लागि फलो गर्नुहोस ।

प्रकाश घिमिरे

रेबिज रोग लागिसकेपछि मृत्यु निश्चित छ !रेबिज ( Rabies) पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै :- स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा  प्राय यो रोग सर्छ। यो रोग प्राय: कुकुरको टोकाइबाट मानिसमा सर्छ।दक्षिण–पूर्वी एसियामा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट सर्छ।कुकुरबाहेकयोक्षेत्रमास्याल, ब्वाँसो, फयाउरो, बिरालो, न्याउरी–मुसा लगायतका अन्य मांसाहारी जनावरको टोकाइबाट समेत रेबिज भएका प्रतिवेदनहरू छन्।बाँदर र मुसाबाट यो रोग विरलै सरेको अवस्था देखिएको छ।नेपाल मा बर्सेनिसयभन्दाबढीमानिसकोरेबिजलेमृत्युहुन्छभनेकरिब५०हजारभन्दाबढीव्यक्तिकुकुरलगायतकाजनावरकोटोकाइकासिकारहुन्छन्

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वव्यापी रूपमा बर्सेनि ५९ हजार मानिसको मृत्यु रेबिजले गर्दा हुन्छ ।मानिसमाहुनेरेबिजकोरोगमध्ये९९प्रतिशतकुकुरकोटोकाइबाटहुनेगरेकोछ।शंकास्पदबौलाहाजनावरकोटोकाइबाटप्रभावितहुने४०प्रतिशतव्यक्ति१५वर्षमुनिकाबालबालिकाछन् ।
सर्ने तरिका
यो रोग मुख्य रूपमा रेबिजले संक्रमित जनावरको र्‍यालले अर्को जनावर वा मानिसमा सर्छ ।सामान्यरूपमायोरोगरेबिजसंक्रमितजनावरलेटोक्दा, चिथोर्दा वा काटिएको घाउ भएको छालालाई चाट्दा हुन्छ ।
तर असामान्य अवस्थामा भने  रेबिजले मृत्यु भएका मानिसको अंग (आँखाको कर्निया लगायतका अन्य अंग) स्वस्थ व्यक्तिमा प्रत्यारोपण गर्दा यो रोग सरेको देखिएको छ ।

रेबिजलागेकोजनावरकोदूधसेवनगरेरवापकाएकोमासुखाएरयोरोगमानिसमासरेकोप्रमाणहालसम्म छैन ।हाम्रोमुलुकमाकाँचोदूधखानेचलनछैन ।हामीउमालेरमात्रदूधखान्छौँ ।उमाल्दायसमारहेकाविषाणुहरूनाशहुन्छन् ।

जनावरले टोकेमा के गर्ने ?
रेबिजविरुद्घको प्रभावकारी प्राथमिक उपचार तुरुन्त जनावरको टोकाइको घाउलाई धुनु हो ।यस्ताव्यक्तिलाईछिटोथपउपचारकालागिनजिककोस्वास्थ्यसंस्थासमेतलिएरजानुपर्छ ।जनावरलेटोकेलगत्तैघाउलाई१०–१५मिनेटसम्मसाबुनपानीलेबगिरहेको घारामा राम्ररी सफा गर्नुपर्छ ।साबुनउपलब्धनहुँदापानीलेराम्ररीघाउपखाल्नुपर्छ !
जनावरले टोकेको घाउलाई छोप्नु हुँदैन ।यसैलेयोघाउमाब्यान्डेजआदिगर्नुहँुदैन ।गाउँघरमास्थानीयस्तरमाउपलब्धविभिन्नवस्तुजस्तै–खुर्सानीकोधूलो, बिरुवाका पात, रस, जडीबुटी, तेल आदिको प्रयोग गर्नु हँुदैन ।कहीँकहीँयस्ताघाउलाईडढाउनेसमेतगरिन्छ।तरयसोगर्नुहुँदैन ।

कस्तो अबस्थामा मानिस ले रेबिज विरुद्ध को खोप लगाउने????
यदि रेबिज रोग लागेको वा रेबिज रोग को शंका लागेको कुकुर,बिरालो, चमेरो,वा अन्य जनावर ले टोकेमा अनिवार्य रेबिज विरुद्ध को खोप लगाउनु पर्दछ!
निम्न अबस्थामा टोकिसकेपछि रेबिज विरुद्ध को खोप लगाउनु पर्दछ!
• यदि टोकाईले छाला मा चोटपटक लागेको छ र रगत बगिरहेको छ भने
• यदि शंकास्पद जनावर को र्‍याल शरीर को विभिन्न झिल्ली को सम्पर्कमा आएमा
• यदि टोक्ने जनावर लाई मारेमा
• निगरानी अबधी मा हराएमा(निगरानी अबधि भन्नाले टोकेको जनावर लाई १० दिन सम्म निगरानी मा राख्न सकिन्छ! यदि टोक्ने जनावर लाई रेबिज भएको हो भने १० दिन भित्र जनावर को मृत्यु हुन्छ!
• टोकेको जनावर ले अस्बाभिक ब्यबहार देखाएमा
• प्रयोगशाला परिक्षण बाट टोक्ने जनावर लाई रेबिज लागेको प्रमाणिात भएमा
रेबिज खोप को मात्रा!
डब्लूएचओका नयाँ सिफारिसअनुसार एक सातामा रेबिज खोपको पूरा कोर्स लगाउनुपर्छ! यो खोप कुकुरले टोकेको दिन, त्यसपछि तेस्रो दिन र अन्तमा सातांै दिन ०.१ मिलिलिटर गरी दुवै पाखुराको छालामा लगाउनुपर्छ ।कहिलेकाहीँरेबिजविरुद्धकोखोपलेमात्रउपचारसम्भबनहुनेअबस्थामामारेबिजइम्युनोग्लोबिनकोपनिजरुरतपर्दछ! रेबिजविरुद्धकोखोपकोसाथसाथैटि.टिखोपकोपहिलोमात्रापनिलगाउनुपर्नेहुन्छ!

कस्तो अबस्थामा  रेबिज खोप लिनुपर्दैन?
डब्लूएचओका अनुसार न्याउरी मुसाबाहेक मुसा जाति, खरायो वा गिनिपिग (घरमा पाल्ने सेतो मुसा) को टोकाइमा रेबिजविरुद्घको खोप लिनुपर्ने आवश्यकता छैन ।

दक्षिण एसियाका केही मुलुकहरूमा मुसाबाट मानिसमा रेबिज रोग सरेको रिपोर्ट पाइए पनि यो विरलै अवस्था हो ।घरेलुमुसाकोटोकाइमारेबिज रोगविरुद्घ खोप दिन आवश्यक नरहे पनि जंगली मुसा वा मुसा प्रजातिका जनावरले टोकेमा सरुवा रोग विशेषज्ञको सल्लाहमा खोप लगाउनु उपयुक्त हुन्छ ।यतिमात्रनभईशाकाहारीरहेकाघोडा, गधाले रेबिज रोग लागेपछि बढी उत्तेजित हुनुका साथै नराम्ररी टोक्ने गरेका प्रमाणहरूसमेत छन् ।
गाईभैंसी आदिलाई बौलाहा जनावरको टोकाइबाट रेबिज रोग लागे पनि तिनले अन्य व्यक्ति वा जनावरलाई टोक्दैनन् ।तरयस्ताजनावरकोर्‍यालमारेबिजकोविषाणुहुनेभएकोलेथपसावधानीआवश्यकमानिन्छ ।

रेबिजविरुद्घको खोप लिँदा
रेबिज रोगविरुद्घको खोप लिँदा केही खास औषधिहरू सेवन गर्नु हँुदैन ।हाम्रोशरीरकोरोगप्रतिरोधात्मकशक्तिलाईकमगर्नेऔषधिहरूकोसेवनवर्जितछ ।यसअन्तर्गतऔंलोकोऔषधिक्लोरोक्बिन, स्टेरोइड, क्यान्सरविरुद्घको औषधि आदि खुवाउनु हुँदैन ।
रोग प्रतिरोधात्मक शक्ति क्षीण भएका बिरामीहरूमा यस्ता औषधिहरू खुवाउनै पर्ने भए मानिसमा मासुभित्र दिइने खोपसँगै सिफारिस गरिएअनुसार घाउ र यसको वरिपरि रेबिज इम्युनोग्लोविन अनिवार्य रूपले दिनुपर्ने हुन्छ!

रेबिज बाट बच्न
१. घरपालुवा कुकुरलाई नियमित रूपमा रेबिज विरुद्ध को खोप लगाउने ।
२. भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने ।
३. स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने ।

 

Shares

Be the first to comment on "रेबिज"

Leave a comment

Your email address will not be published.


*