रोल्वालिङ सामुदायिक अस्पतालमा छुटै छुट योजना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सिंगटी, सिंगटीमा रहेको रोल्वालिङ सामुदायिक अस्पतालमा छुटैछुटको व्यवस्था गरेको छ । अस्पतालले दसैं र तिहारका अवसरमा अस्पतालमा आउने विरामीका लागि टिकट समेत छुट गरेको छ । यो सुविधा सबै किसिमका विरामी र सबै उमेर समूहलाई रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुब्बा खड्काले जानकारी दिए ।
सिंगटीमा निजी क्षेत्रबाट ४ महिना अघि स्थापना भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ४ सिंगटीमा रहेको अस्पतालमा आवश्यक आधुनिक उपकरण सबै उपलब्ध भएकाले विरामीका लागि चरिकोट र काठमाडौं धाउनु पर्ने बाध्यता नभएको उनले बताए ।
अस्पतालले अनाथहरुका लागि उपचारमा सत प्रतिशत छुटको गर्दै आएको छ । त्यसैगरी ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरु र अपाङ्गहरुलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै अस्पतालमा भर्ना भएका विरामीलाई खानाको व्यवस्था समेत गरेको छ ।
अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, ओपिडी तथा अन्तरंग सेवा सञ्चालन गर्दै आएको छ । ऐक्स–रे सेवा, भिडियो ऐक्स–रे, ल्याब, अक्सिजन सेवा र साधारण अप्रेसन सेवा समेत रहेको छ । इसिजी सेवा, निबुलाइजर, फार्मेसी, गर्भवती जाँच तथा प्रसुती सेवा, एम्बुलेन्स र थाइराइड जाँच सेवा समेत रहेको उनले बताए ।
अस्पतालका डाक्टर शङ्गु शेर्पाले अस्पतालका लागि आवश्यक आवश्यक उपकरणहरु प्रयाप्त भएकाले उपचारमा कुनै समस्या नभएको बताए । सामान्य मेडिकलमा जाँचेर जथाभावी औषधी लिनुभन्दा अस्पतालबाटै सेवा लिंदा विरामीका लागि समेत फाइदाजनक हुने उनको भनाई छ ।

Shares

Be the first to comment on "रोल्वालिङ सामुदायिक अस्पतालमा छुटै छुट योजना"

Leave a comment

Your email address will not be published.


*