लकडाउनको समयमा ःगर्भधारणको कारणले भविष्यमा गर्भपतन गराउनेको संख्या बढ्न सक्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जेनी श्रेष्ठ
कोरोना संक्रमणको महामारी विश्वभर फैलिएको हामी सबैलाई अवगत नै छ । कोरोना संक्रमण फैलिन नदिनको लागि सरकारले लकडाउन घोषणा गरेको छ । यो लकडाउनको समयमा अन्य समस्याहरु जस्तै खाद्यान अभाव, बेरोजगारी, आर्थिक अभाव त बढेका छैदैछन् ती समस्यासँगसँगै महिला तथा बालबालिकामा हुने हिंसाको सम्भावना पनि बढ्दै जानेछ भन्ने आशंका पनि उत्तिकै बढेको छ । किनकि लकडाउनको समय छ । सम्पूर्ण यातायातका साधनहरु बन्द अवस्थामा रहेका छन् । महिला तथा बालबालिका हिंसा पीडित व्यक्तिहरु सहयोग प्राप्तीका लागि सम्बन्धित निकायसम्म पुग्न पनि यातायातको अभाव छ । त्यसकारणले गर्दा आगामी दिनमा विभिन्न किसिमका जटिलताहरु आउन सक्छन् । जस्तै ः अहिले सरकारले घरमानै बस्ने भन्ने पक्षलाई बढी जोड दिएका कारण महिलाहरुमाथि कामको बोझ थपिन सक्छ । परिवारनियोजनको साधनको अभावका कारण चाहना विपरित अन्इच्छित गर्भ रहन सक्छ । असुरक्षित गर्भपतनको अवलम्बन गरेर ज्यानै जाने खतरा बढ्न सक्छ । मानसिक समस्या बढ्दै गएर लामो समयसम्म जीवन गुजारा गर्नु पर्ने वा आत्महत्या गर्ने अवस्था वा आत्महत्याका घटना बढ्न सक्छन् । बालिका तथा किशोरीहरुमाथि बलात्कारका घटनाहरु बढ्न सक्छन् । हाडनाता करणी वा आफन्तबाट पनि बलात्कारका घटनाहरु बढ्न सक्छन् । बालिका तथा किशोरीहरुको शिक्षा, स्वास्थ्य लगायत विविध पक्षमा नकारात्मक समस्या आउन सक्छ । परिणामस्वरुप लकडाउन पश्चात् छात्राहरुको विद्यालय जानेक्रम बन्द हुने वा किशोरी वा बालिकाहरुले विद्यालयको निरन्तर पढाईलाई छोड्न सक्ने खतरा बढ्दो छ । जसले गर्दा किशोरी तथा बालिकाहरुको स्वास्थ्य अवस्थामा समस्या आउनुको साथै भोली सरकारको बजेट अत्याधिक मात्रामा सुरक्षित गर्भपतन तर्फ खर्च बढ्न सक्छ भने किशोरी तथा बालिकाहरुको मानसिक, शारीरिक स्वास्थ्य एवं शैक्षिक अवस्थामा पनि समस्या आउने र अन्ततः विकल्पहिन भई आत्महत्या गर्नेको संख्यामा वृद्धि हुनसक्छ भन्ने अनुमान अहिले नै गर्न सकिन्छ ।

– यातायातको समस्या भएको कारणले हिंसा प्रभावित व्यक्तिहरु सम्बन्धित निकायसाँ ढिला पुग्ने वा पुग्नै नसक्ने अवस्था पनि हुनसक्छ ।

– बलात्कारको शिकार भएकी बालिका, किशोरी (महिला) यदि समयमै सम्बन्धित निकायमा पुग्न नसकेर ढिला भएमा पीडितले न्याय पाउन असहज हुनसक्छ । कारण प्रमाण संकलन समयमा नहुने, प्रमाण नष्ट हुने, समयमा उपचार नपाउने, आकस्मिक गर्भनिरोधको साधन समयमा नपाउने, यदि गर्भ रहेमा गर्भपतन गराउन समस्या हुने र ढिलाई हुने जसले गर्दा अझ बढी खर्चिलो हुने संगसंगै गर्भपतन संगै हुने जटिलताहरु पनि बढेर जान्छन् ।

– लकडाउनको समयमा श्रीमान नियमित घरमै बस्ने हुनाले अहिले परिवारनियोजनका साधनहरु पनि उपलब्ध हुन नसकेको अवस्थामा अनिश्चित, अन्इच्छित गर्भधारणको कारणले भविष्यमा गर्भपतन गराउनेको संख्या पनि बढ्न सक्ने सम्भावना देखिन्छ । त्यसको लागि पनि सम्बन्धित निकायले सोच्न जरुरी छ । अहिले समयमा परिवारनियोजनको साधनलाई पनि स्यानीटाइजर र माष्क जस्तै अपरिहार्य बाढ्नु जरुरी देखिन्छ । यो पनि अनिवार्य आवश्यकता भित्र पर्दछ भनेर ख्याल गर्नु उपयुक्त हुन्छ ।

– भविष्यमा बढ्न सक्ने गर्भपतन र त्यसबाट देखापर्ने जटिलताको व्यवस्थापनको लागि पर्याप्त मात्रामा गर्भपतन गराउने औषधी उपलब्धता गराउनु पर्ने तर्फ पनि सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुले समयमै सोच्नु पर्ने देखिन्छ ।

– हिंसा प्रभाववित व्यक्तिहरुलाई सम्बन्धित निकायसम्म पु¥याउनको लागि स्थानीइ निकायले पहल, परार्मश र सहयोग गर्नु पर्ने जरुरी देखिन्छ ।
यी र यस्ता जटिल स्वास्थ्य समस्या आउन नदिन सूचना, परामर्श, सल्लाह, जानकारीका व्यवस्थाहरु मिलाउन सबै पक्ष चनाखो हुनु आजको आवश्यकता र भविष्यको जोखिम व्यवस्थापन तथा न्यूनिकरणमा सहयोग हो जस्तो लाग्दछ । यो सबैलाई जानकारी रहोस् ।
अस्पताल नर्सिङ्गनिरीक्षक,
प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट, दोलखा

Shares

Be the first to comment on "लकडाउनको समयमा ःगर्भधारणको कारणले भविष्यमा गर्भपतन गराउनेको संख्या बढ्न सक्ने"

Leave a comment

Your email address will not be published.


*