लादुकका आगलागी पीडित लामालाई २ लाख सहयोग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
सिंगटी, १७ असोज
विगू गाउँपालिका वडा नं. ४ लामाटोलका आगोलागी पीडित लामालाई स्थानीयहरुले सहयोग संकलन गरी २ लाख हस्तान्तरण गरेका छन् । स्थानीयस्तरबाट र रोजगारीका सिलसिलामा सिक्किममा बसेका स्थानीयहरुले संकलन गरेको रकम आगोलागी पीडित छेतेन लामालाई बुधबार हस्तान्तरण गरिएको विगू गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बुक्ताम तमाङले जानकारी दिए ।
पीडितका सहयोगका लागि स्थानियस्तरबाट ९७ हजार ६ सय र सिक्किम बासी बिगु गाउँपालिका युबाहरुबाट १ लाख ११ हजार ४ सय गरी २ लाख ९ हजार लामालाई हस्तान्तरण गरेको वडा अध्यक्ष तमाङले जानकारी दिए ।
आइतबार अपरान्ह भएको आगलोगीबाट घर सहित लत्ताकपडा, नगद, अन्न, पुराना कागजात जलेर नष्ट भएको थियो । लामाको आफ्नो जिऊमा भएको लुगा बाहेक सबै जलेर नष्ट भएकाले स्थानीयहरुले सहयोग संकलन गरेको वडा अध्यक्ष तमाङले जानकारी दिए । आगोलागीको खबर सुन्ने वित्तिकै सिक्किम बस्ने बिगु ४ लादुकाका दोर्जे तामाङ, समिर तामङ्, लगायतको सकृयतामा सहयोग सन्कलन गरी पठाएका थिए । आपत्का बेला विदेश बसेर पनि गाउँमा सहयोग पु¥याउनेहरुप्रति वडा समितिका तर्फबाट धन्यवाद समेत गरेका छन् ।
आगोलागी पीडितका लागि विगू गाउँपालिकाको तर्फबाट समेत सहयोग दिने प्रतिबद्धता भएको विगू गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष तमाङले जानकारी दिए । सहयोग पाएपछि लामाले आफ्नो व्यवस्थापन सुरु गरेका छन् ।
आगलागीबाट लामाको पुरानो कागजात र नगद डेढ लाख जलेर नष्ट भएको छ । आगोलागीबाट लामाको निजी गुम्बा समेत जलेको छ । आगोलागी पीडितलाई सहयोगका लागि वडाका जनप्रतिनिधि लगायतको पहलमा स्थानीयस्तरमा र देशविदेशबाट समेत सहयोगको याचना गरेका थिए ।

Shares

Be the first to comment on "लादुकका आगलागी पीडित लामालाई २ लाख सहयोग"

Leave a comment

Your email address will not be published.


*