लामीडाँडामा टनेल खेती

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ८
दोलखाको कालिञ्चोक गाउँपालिका ३ लामीडाँडाले एक घर एक टनेल अभियान सञ्चालन गरि टनेल खेतीलाई प्रर्वद्धन गरेको छ ।
कृषि प्रति आकर्षण बढाउदै सबैलाई आत्मनिर्भर बनाउन वडाले एक घर एक टनेल कार्यक्रम सञ्चालन गरेको हो ।
मौसमी तथा बेमौसमी तरकारी खेतीमा टनेलको प्रयोगले राम्रो उब्जनी हुने भएकाले वडाले अभियान सुरु गरेको वडा कार्यालयले जनाएको छ । वडामा चालु आर्थीक वर्ष २०७६÷०७७ मा एक घर एक टनेल अभियानका लागि ५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।
वडाध्यक्ष निशान बुढाथोकीले भने एक घर एक टनेल अभियानले वडाका प्रत्येक मानिसलाई तरकारीबाली र अन्य बालीमा आत्म निर्भर बन्न सहयोग पु¥याने बताउछन् ।
उनले भने “सम्बृद्ध नेपाल, सुखी नेपालीसरकारको लक्ष्यलाई सार्थक बनाउन कृषिलाई व्यवसायिकीकरण र आधुनिकीकरण बनाइ सम्बृद्ध बन्ने योजना एक घर एक टनेल अभियान हो ।”
एक घर एक टनेल अभियान अन्र्तगत अनुदानमा एक सय जना किसानलाई एक÷एक थान प्लास्टिक टनेल वितरण गरिएको वडाध्यक्ष बुढाथोकीले बताए ।
उनका अनुसार प्लास्टिक टनेलको सदुपयोग गरि व्यवसायिक कृषि तर्फ लाग्न आग्रह गरेका छन् । अनुगमन गरि टनेलमा खेती गर्ने किसानहरुलाई वडाले अन्य अनुदानका साथै सम्मान समेत गर्ने भएकाले टनेल खेती गरि अभियान सफल बनाउन उनले किसानहरुलाई अनुरोध गरे । उनका अनुसार प्रत्येक वर्ष टनेलमा खेती गर्न चाहने किसानहरुलाई एक थान टनेल र अन्य अनुदानको व्यवस्थापन गर्ने उनले बताए । सामान्यता भन्टा, गोलभेडा, खुर्सानी, सिमि, भिंडी, काउली, बन्दा, काक्रो,सागपात, फर्सि, लौका लगायतका तरकारीहरू प्लास्टिक टनेलमा लगाउने किसान बढदै गएका छन् ।
कृषकलाई हाते ट्याक्टर
शुक्रबार वडाका १७ जना कृषकरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
कृषिमा लागत घटाइ उत्पादन बृद्धि गर्न वडाले हाते ट्याक्टर अर्थात् मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

हाते ट्याक्टर खरिदका लागि ४ लाख रकम प्राप्त भएको थियो । कृषि औजार हाते ट्याक्टर पाएपछि किसानहरु उत्साहित भएका छन् ।
“अहिले गोरु पाउन पनि गाउँमा मुस्किल पर्छ, हाते ट्याक्टरले खेतबारी कम खर्च र कम समयमा जोत्छ । हाते ट्याक्टरलाई डिजेल भए पुग्छ, बेला बेलामा मर्मत सम्भार गरे पुग्छ । त्यसैले गोरुको सट्टा हाते ट्याक्टर कृषिमा उपयोगी छ । वडाले ट्याक्टर वितरण गरेकोमा खुसी लागेको छ ।” एक कृषकले भने ।
वडाध्यक्ष निशान बुढाथोकीले वडाका कृषकलाई कृषि उत्पादनमा सहज र सजिलो होस् भन्ने उद्धेश्यले कृषि औजार अनुदानमा वितरण गरिएको हो ।
साथै कृषि औजार अन्र्तगत एक÷एक थान गाडेन पाइप वितरण गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

तस्बिर साैजन्य निशान बुढाथाेकी

Shares

Be the first to comment on "लामीडाँडामा टनेल खेती"

Leave a comment

Your email address will not be published.


*