वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

हेटौँडा, ५ असार (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाउनुभएको छ ।

काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई आह्वान गर्नुभयो ।

सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफँै परिवर्तन हुनुपर्नेमा सचेत गराउनुभयोे ।

साँझदेखि बन्दसत्र 

जिल्ला सभापतिको भेलाको आजै साँझबाट बन्दसत्र शुरु हुने काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो ।

भेलामा नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५७५ प्रतिनिधिको सहभागिता रहेको नेका मकवानपुरले जनाएको छ ।
–––

Shares

Be the first to comment on "वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा"

Leave a comment

Your email address will not be published.


*