विगुले गर्यो विपन्नको पहिचान, १ सय बढी परिवारले राहत पाउने

Feeding poor. Illustration: Ratna Sagar Shrestha

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ३०
दोलखाको विगु गाउँपालिकाले पालिकामा रहेका अतिविपन्न, कमजोर आर्थिक अवस्थाका परिवारको पहिचान गरि तथ्याङ्क तयार गरेको छ ।
लकडाउनको कारण ज्याला मजदुरी गर्ने, असहाय र विपन्न परिवारलाई मापदण्ड अनुसार राहत उपलब्ध गराउन तथ्याङ्क तयार गरिएको हो ।
८ वटै वडाबाट गरिएको तथ्याङ्क अनुसार पालिकाबाट १ सय ३८ परिवारले राहत पाउने भएका छन् । अहिले उनिहरुलाई आवश्यकता नरहेकाले तत्काल राहत वितरण नगरिने पालिकाले जनाएको छ । उपाध्यक्ष सञ्जीव ओलीका अनुसार तत्कालीन अवस्थामा सबैको घरमा केहीदिनलाई पुग्ने खाद्यान्न रहेकाले राहत वितरण सुरु नगरिने भएको हो ।
तर कोहि भोको रहेमा तुरुन्तै खाद्यान्न राहत उपलब्ध गराईने उनले बताए । वडामा ज्याला मजदुरी गर्ने, बेरोजगार, अपाङ्ग, एकल महिला र विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराईने उनले बताए । उपाध्यक्ष ओलीले भने“ पालिका वासीले पनि केहि अन्नबाली लगाएका छन् । अन्न पाक्ने बेला भएको छ । पालिकामा करिब २ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको छ । खाद्यान्न पसलमा विभिन्न सहरबाट खाद्यान्न आपूर्ति भइरहेको छ । त्यसैले तत्काल राहत उपलब्ध गराउन आवश्यक छैन । तरपनि तथ्याङ्कमा परेकालाई आवश्यक परेमा तत्काल राहत उपलब्ध गराउने निर्णय गरेका छौं”
खाद्यान्न पसल बाहेक अन्य पसल खोल्न नपाईने र खाद्यान्न पसलले बढी मुल्यमा बिक्री गरेको पाइएमा कारबाही गरिने उनले बताए ।

Shares

Be the first to comment on "विगुले गर्यो विपन्नको पहिचान, १ सय बढी परिवारले राहत पाउने"

Leave a comment

Your email address will not be published.


*