विगूले भदौ भित्रै योजनाको प्राविधिक इस्टमेट बनाउँने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
२८ साउन

विगू गाउँपालिकाले आर्थिक वर्ष आ व २०७५।०७६ का लागि पूर्वाधार विकासका योजनाको एक महिना भित्र स्टमेट तयार गरिसक्ने भएको छ । पूर्वाधार योजनाको कामकाजलाई छिटो छरितो बनाउँन वर्षात्को समय भदौ भित्र इष्टमेट तयार पारेर असोजदेखि कार्यान्वयन गर्ने सोमबार साँझ बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
विगू गाउँपालिकाका प्रवक्ता बुक्ताम तमाङका अनुसार गाउँपालिका भित्रका स्थानीयका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर आवेदन सबै वडा तहमा सहज व्यवस्था पर्ने समेत निर्णय भएको छ । बिगु गाउँपालिका वडा नं. ४ लादुकमा बन्ने तामकोशी पाँचौमा गाउँपालिकाबासीको अधिकतम लगानी पहल गर्ने निर्णय भएको छ ।
बिगु गाउँपालिका भित्रको चालु आर्थिक वर्षमा पूर्वाधार तथा सामाजिक विकासलाई अझ प्रभाबकारी बनाउन आवश्यक स्रोत साधन र जनशक्तिको ब्यबस्था तथा परिचालन गरिने समेत निर्णय भएको उनले जानकारी दिए ।
वर्षात् कारण बिगुको लामाबगर लगायत केही वडामा भएको क्षति लगायत सबै वडा अनुगमन गर्न अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली लगायत सबै कार्यापालिकाका सदस्य, वडा अध्यक्षहरुबाट प्रभाबित क्षेत्रको स्थलगत निरीक्षण गर्ने र राहत वितण प्रभावकारी बनाउने निर्णय भएको छ ।

Shares

Be the first to comment on "विगूले भदौ भित्रै योजनाको प्राविधिक इस्टमेट बनाउँने"

Leave a comment

Your email address will not be published.


*