विदेशबाट फर्केरः पुर्ननिर्माणमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नितेश कुमार थामी
चरिकोट – बैदेशिक रोजगारमिा गएर फर्केकाहरु धेरे जसो नेपालमै काम छैन भन्दै अल्मलिएका छन् । नेपालमा कामै छैन भन्दै आफूले विदेशमा पसिना बगाएको कमाइ पनि सकिएपछि आफ्नै ठाउँमा केही गरौं भन्नेहरु पुनः विदेशिनेहरु उल्लेख्य छन् ।
पाखुरा चलुनजेल विदेशी भूमिमा रमाउने र हातगोडा लाग्न छाडेपछि र रोगी भएपछि बुढेसकालमा आरा मगर्न मात्र देश फर्कनेहरुको माझमा एउटा समूह भने विदेशबाट फर्केर नवनिर्माणमा लागेको छ । विदेशमा सिकेको सीप पुँजीलाई प्रयोग गरेर भुकम्पपछिको पुर्ननिर्माणमा एक समूह प्रवास भिजनको नामबाट एक वर्षदेखि सक्रिय छ ।
खाडीमा आधा दशक बढी बिताएकाहरु संगठित भएर अहिले पुर्ननिर्माणका लागि आधुनिक प्रविधिको इट्टा उत्पादन, भूकम्प पीडितको घर निर्माणमा क्रियाशिल छन् । बिदेश बस्दा कमाएको सानो सानो पुँजीलाई संकलन गरेर अहिले सामुहिक कम्पनी खोलेर काम गर्दै आएका छन् ।
यस कम्पनिको पहिलो ब्यबसायको रुपमा भिमेश्वर नगरपालिका वडा नम्बर कम्पनीडाँडा बिरुवामा जर्मन सिस्टम मा आधारित इन्टरलक इट्टा उत्पादन कारखाना संचालन भइ रहेको कम्पनीका सचिव कुमार श्रेष्ठ ले जानकारी दिए । बिदेशमा मात्र पसिना बगाउँनु भन्दा आफ्नै ठाउँमै केही गर्न सकिन्छ कि भनेरै हामीले सानो कामबाट अभियान सुरु गरेका कतारमा १० वर्ष विताएर फर्केका हरी खत्रीले जानकारी दिए । खत्री अहिले कम्पनीका अध्यक्ष समेत छन् ।

स्वरोजगार पनि हुने र अरुलाई पनि रोजगारीका साथै नयाँ प्रविधि सहितको निर्माण पनि हुने भएकाले यस्तो अभियानमा लागेको उनले बताए । हाल कम्पनीमा ३५ जना प्रवासमा बसेका दोलखालीहरु संलग्न छन् । यसमा उनीले पौने करोड लागनी गरेका छन् । हाल सेयरधनीहरु सहित प्रत्यक्ष रुपमा ११ जना र १५० अप्रत्यक्ष रुपमा जना कार्यरत छन् । ९ महिनादेखि भूकम्प पीडितका घर बनाउन सुरु गरेका उनीहरुले अहिलेसम्म ५० घर घर निर्माण भइसकेका छन् भने ७० बढी निर्माणाधिन छन् । भुकम्प पीडितहरुको घर बनाउने माग व्यापक भएको खत्रीले बताए ।

यो व्यवसायमा अधिकाँश युवाहरु संलग्न छन् । बिदेशबाट फर्केकाहरु आफैं स्वरोजगारको रुपमा काम गर्दै आएका छन् । धेरैजसो लगानीकर्ताहरु बैदेशिक रोजगारमै रहेको निर्देशक विजय दुलालले जानकारी दिए । बिदेशमै रहेकाहरु पनि स्वदेश फर्केपछि यस्तै काममा संलग्न हुने इच्छाका साथ लगानी गरेको उनको तर्क छन् ।
विदेशमा धेरै बस्नु भन्दा पनि देश विकासमा बिदेशको श्रम र सीप प्रयोग गराउन यस्तो अभियान थालेको प्रवास भीजन दोलखाका अध्यक्ष हरि बहादुर खत्री को भनाइ छ । बिदेशबाट फर्किएपछी के गर्ने भनी अलमलमा रहेका पुर्व प्रवासी साथिहरुलाइ यो कम्पनीद्वारा भावी योजना समेत बनाउन थालेको बताए । बिदेशमै बस्दा संगठित भएर योजना बनाएरै स्वदेशमा लगानी गरेको उनले बताए ।

Shares

Be the first to comment on "विदेशबाट फर्केरः पुर्ननिर्माणमा"

Leave a comment

Your email address will not be published.


*