विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।


ईश्वर बिश्वकर्मा
चरिकोट, असार ८
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ धरमघरमा अवस्थित बुढाभिमसेन माविका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच शैक्षिक परिवर्तन प्रतिष्ठान काठमाडौँले विद्यार्थीहरूलाई ६० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सहयोग गर्न प्रतिष्ठानका सचिव बाबुकाजी कार्कीको पहलमा प्राप्त सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताउनुभयो । बालकक्षा देखि दश कक्षाका करिब एक सय ३५ जना बालबालिकालाई एक दर्जनका दरले कापी र पेन्सिल वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले शैक्षिक सामाग्री वितरणले विद्यार्थीहरुमा उत्साह र खुशी बढेकोले सामाग्री उपलब्ध गराउने प्रतिष्ठान प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफ्नो वडाका कुनै पनि बालबालिका आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन नदिने र विभिन्न कारणले समस्यामा परेका बालबालिकालाई सहयोग गर्ने बताउनुभयो । उहाँले वडामा रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गर्ने बताउनुभयो । उहाँले आवश्यकताको आधारमा खेलकुद र शैक्षिक सामाग्री समेत उपलब्ध गराउने उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का वडा सदस्य बालकृष्ण कुँवर, विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मी खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*