विद्युत गृहभित्र ठूला सामान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सर्वत्र चासोको विषय रहेको छ निर्माणाधिन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत आयोजना । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले एकपछि अर्को सफलता भेट्दै गएको छ । यसको पछिल्लो सफलता भनेको आयोजनाकै लागि सबैभन्दा चुनौती र चासोको विषय बनेको सबैभन्दा ठूलो सामान एमएसओभीको ढुवानी हो ।
अहिले एमएसओभी विद्युत गृह छिरेको छ । ढुवानीकै कारण आयोजना स्थल पु¥याउन सक्ने कि नसक्ने भन्ने एक वर्ष अघिदेखिको चिन्ता सफलतामा परिणत भएको छ । यसको सफल ढुवानीले सबैलाई हर्षित तुल्याएको छ ।
आयोजनाको विद्युत उत्पादनमा प्रयोग हुने ६६ टनको एउटै ढिको एमएसओभी सहजै आयोजनाको विद्युत गृह छिरेको हो ।
सबैभन्दा ठूलो सामान बोकेको गाडी सहितको तौल १३० टन रहेको आयोजनाका अधिकारीहरुले जानकारी दिए । सामान बोकेको गाडीको भार र त्यसको उचाइका कारण काठमाडौं उपत्यका भित्रका कोटेश्वरदेखि भक्तपुरसम्मका आकोसे पुल, भक्तपुर र काभ्रे जोड्ने साँगाको गेट र केही पुलहरु समस्यामा पुर्ने आसंका थियो । तर ति सबै आसंकालाई चिर्दै विद्युत गृह भित्र विद्युत उत्पादनमा प्रयोग हुने ठूला सामानहरु ढुवानी भइसकेका छन् ।
ति ठूला सामान आएसँग अब लट ३ अन्तरगतको इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका ठूला सामान ढुवानी सकिन लागेको छ । अन्य सामान १२ चक्के गाडीबाट ढुवानी हुन सक्ने उनले बताए ।
एमएकओभी पेनस्टक पाइप र पावर हाउसमा पानी कन्ट्रोलको काम गर्छ । यस्ता सबैभन्दा ठूला सामान ३ वटा थिए ।
इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबीले काम गर्दै छ ।
हुन त कहिले काँही ठूला सामान ढुवानीकै कारण जलविद्युत आयोजनाहरु समस्यामा पर्दै आएको छन् । यसको पछिल्लो उदाहरण कुलेखानी तेस्रोमा हो । कुलेखानी तेस्रोको विद्युतगृह नजिक खोलाको पुल तार्ने क्रममा ठूलो टर्वान नदीमा खसेर क्षतिग्रस्त हुँदा ३ वर्षदेखि आयोजना अलपत्र छ । यो आयोजनामा पनि यस्तो समस्या आउँछ कि भन्ने संका अहिले विद्युत गृह भित्रका सामान ढुवानीमा अब रहेन ।
तर लट २ अन्र्तगत हाइड्रोमेकानिकलका पेनस्टक पाइप ढुवानीमा भने समस्या जारी छ । आयोजनाको विद्युत उत्पादन गर्ने लक्षित मिति नजिकीदै गर्दा समेत अहिलेसम्म आधा पाइप पनि आयोजनास्थल पुगेको छैन । पाइप ढुवानी र जडानमै भएको ढिलाइले आयोजनाको काम पछि धकेलिने हो कि भन्ने अर्को चिन्ता भने जारी छ । यसलाई आयोजना व्यवस्थापन पक्षले ध्यान देओस् ।

Shares

Be the first to comment on "विद्युत गृहभित्र ठूला सामान"

Leave a comment

Your email address will not be published.


*