विश्वकप फुटवलको ‘अफिसियल’ गीत सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । रुस विश्वकप फुटबल–२०१८ को अफिसियल गीत सार्वजनिक भएको छ । विश्व फुटबल महासंघले शुक्रबार विश्वकपको अफिसियल गीत सार्वजनिक गरेको हो । अमेरिकन गायक निक्की जामको स्वर रहेको गीतमा उनलाई गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप…’ बोलको यो गीतको शब्द डिप्लोले लेखेका हुन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सकिराले गाएको ‘वाका वाका..’ बोलको गीत पनि डिप्लोले नै लेखेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पिटबुलले गाएको ‘ओले ओला..’ गीतको शब्ल पनि उनकै थियो ।

विश्वकप यही जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसको विभिन्न १२ रंगशालामा हुँदैछ ।

Shares

Be the first to comment on "विश्वकप फुटवलको ‘अफिसियल’ गीत सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*