शैलुङका महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २५
दोलखाको शैलुङ गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण गर्न थालेको छ ।
स्वास्थ्य प्रवद्र्धनमा विषेश भुमिका खेल्ने महिला स्वास्थ्य स्वंयमसेविकालाई सम्मान गर्दै पोशाक र सञ्चार भत्ता वितरण गर्न थालिएको हो ।
चालु आर्थिक वर्ष पोशाक भत्ता बापत १० हजार र सञ्चार भत्ता २ हजार ५ सय रुपैयाँ भत्ता स्वयमसेविकालाई बुधबारदेखि वितरण गर्न सुरु गरिएको पालिकाले जनाएको छ । वडा नं ३, ४ र ५ का स्वयमसेविकालाई भत्ता वितरण गरिसकिएको र अन्य वडामा पनि गरिने छ । खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, सरसफाइ, पोषण, बालस्वास्थ्य, प्राथमिक उपचारका साथै स्वास्थ्य सन्देश फैलाउने स्वास्थ्य स्वयमसेविकाको सम्मान स्वरुप १ सय ५१ जनालाई भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका अध्यक्ष भरत प्रसाद दुलालले बताए । उनले भने “निस्वार्थ रुपमा काम गर्ने स्वयसेविकाको उच्च प्रशंशा गर्नुपर्दछ । उनीहरुलाई सम्मानसहित भत्ता वितरण गरिएको हो । जसले गर्दा थप स्वास्थ्य प्रर्वदनमा सक्रिय हुन प्रोत्साहन मिल्ने छ ।” स्वास्थ्य स्वयमसेविकाहरुले भने पालिकाको स्वास्थ्यको विकासमा आफूहरु सधैँ लाग्ने बताएका छन् । पालिकाले चाडपर्व भत्ता ५ हजार रुपैयाँ वितरण गरिसकेको छ । जिल्लामा १ हजार २ सय ३१ जना स्वास्थ्य महिला स्वयमसेविका रहेका छन् ।

Shares

Be the first to comment on "शैलुङका महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण सुरु"

Leave a comment

Your email address will not be published.


*