शैलुङको बजेट ३४ करोड ४१ लाख

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको शैलुङ गाँउपालिकाले ३४ करोड ४१ लाख ७५ हजार रुपियाँको बजेट निर्माण गरेको छ । गाँउपालिकाको तेश्रो गाँउ सभाले सो बजेट निर्माण गरेको हो । बजेटले सडकलाई पहिलो प्राथमिकता दिएको छ ।
उपाध्यक्ष लालमाया योञ्जनले १६ शिर्षकको १ सय २५ वुँदामा समेटिएको नीति तथा कार्यक्रम सहित ३४ करोड ४१ लाख ७५ हजार रुपियाँको बजेट गरेकी हुन । बजेटले सडकलाई बिशेष जोड दिएको गाँउपालिका प्रमुख भरत दुलाल जानकारी दिए । त्यसैगरी बजेटले आयस्रोत वुद्धि तथा खाद्य सुरक्षा जस्ता कार्यक्रमलाई जोड दिएको छ ।
स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, कृषि उत्पादन, पर्यटन र सुशासनलाई पहिलो प्राथमिकता दिएको गाँउपालिका प्रमुख दुलालले बताए । गाउँपालिकाले मुडे–कालापानी–मेलुङ सडकलाई प्राथामिकतामा राखेर १ कारोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । सडक निर्माण तथा मर्मत सम्बन्धी नीतिमा “टोल टोलमा सडक खेतबारीमा ट्रक” भन्ने नारालाई निति तथा कार्यक्रमले समेटेको छ । शैलङ गाउँपालिकाको मेरूदण्ड मुडे–मेलुङ सडक लाई आगामी ५ वर्ष भित्र कालोपत्रे बनाउने योजना रहेको अध्यक्ष दुलालले बताए
त्यसैगरी बजेटले धार्मिक पर्यटन प्रर्वधन गर्नको लागि बजेट विनियोजन गरेको छ । बजेटमा कालापानीमा बुद्धको मुर्ती निर्माणका लागि ७५ लाख तथा नादानखर्क डाँडामा महादेव मुर्ती निर्माणका लागि ७५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी पूर्वाधार विकास साझेदारी कार्यक्रमको लागि ७५ लाख रुपियाँ बजेट रहेको छ भने युवा स्वरोजगार उत्पादन साझेदारी कार्यक्रमको लगि पनि ७५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले गाउँपालिका केन्द्र माथि पोखरी निर्माण, शहिद रामबहादुर घिसिङ छ्योर्तेन निर्माण, गुणस्तरीय शिक्षाको लागि विद्यालय अनुदान, पोषाक अनुदान, स्वास्थ्य प्ररवर्द्धन कार्यक्रम, जडिबुटी प्रवद्र्धन कार्यक्रम, सूचना तथा सञ्चार, शैलुङ रङ्गशाला निर्माण, शान्ति सुरक्षा व्यवस्थापन, पर्यटन क्षेत्र प्रचार प्रसार कार्यक्रम, कृषि प्रवर्द्धन कार्यक्रम, पशुपालन प्रवद्र्धन कार्यक्रम, खानेपानी प्रवर्द्धन कार्यक्रम, सिंचाई प्रवर्द्धन कार्यक्रम, सरसफाई व्यवस्थापन, ढल निकास व्यवस्थापन लगाएतका योजनाहरु अघि सारेको छ । खेल मैदान तथा हेलिप्याड निर्माणका लागि गाउँपालिकाले ३० लाख रुपियाँ विनियोजन गरेको छ ।
गाउँपालिकालाई नेपाल सरकारको समानीकरण अनुदानतर्फ ११ करोड ३१ लाख तथा नेपाल सरकारको सशर्त अनुदान ११ करोड ६३ लाख रकम प्रात्त भएको छ । त्सैगरी प्रदेश तर्फको वित्तीय समानीकरण अनुदान ७७ लाख ६० हजार तथा प्रदेश सशर्त अनुदान २ करोड ७ लाख ८८ हजार प्राप्त भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६० लाख आन्तरिक आय हुने लक्ष्य लिएको छ । राजस्व अनुदान वाँडफाँडमा ५ करोड ६२ लाख २७ हजार बैङकमा मौज्जत २ करोड ४० रहनेछ ।

Shares

Be the first to comment on "शैलुङको बजेट ३४ करोड ४१ लाख"

Leave a comment

Your email address will not be published.


*