संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाइयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असार २७
संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष माग राख्दै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा मार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाइएको छ । संघीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम् मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्न माग राख्दै जिल्ला स्थित तीन वटा निजामती कर्मचारी संघसंगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय संगठन ( निजामती ले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । निजामती प्रशासनलाई संघीय शासन अनुरूपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवम् नागरिकमैत्री बनाउने कार्यमा सहयोग पुग्ने गरी संघीय संसद्को चालू अधिवेशनबाट यथाशीघ्र निजामती ऐन जारी गर्न नेपाल सरकारसमक्ष ध्यानाकर्षण गराइएको छ  ।  ऐन जारी गर्न पटकपटक ध्यानाकर्षण गरिएपनि ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको उल्लेख गर्दै माग पूरा नभए सङ्घर्षका कार्यक्रमहरू अघि बढाइने व्यहोरा समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

Shares

Be the first to comment on "संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै  ज्ञापनपत्र बुझाइयो"

Leave a comment

Your email address will not be published.


*