सडक बनाउन दवावःचरिकोटमा हातेसाङलो बनाएर विरोध

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) मंसिर३ ,२०७६
–अरनिको राजर्माग अन्र्तगत चरिकोट देखी मुडेसम्म सडकको अलपत्र पारेको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयले आज हाते साङलो बनाएर विरोध गरेका छन । हाते साङलो बनाएर विरोध कार्यक्रममा सयौको उपस्थीति रहेको थियो ।
यस अघि निर्माण व्यवसायीलाई कालोपत्रे गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दिपक सापकोटाको फोटो व्यानर बनाएर टाँसेका थिए । उनीहरुले बनाएको व्यानरमा निर्माण व्यबसायीको नाम लेख्दै “तपाई मलाई चिन्नुहुन्छ , काम नगर्ने ठेक्दार मै हुँ , कालापत्रे कहिले हुन्छ ? चार वर्ष सम्म किन बाटो नबनेको हो ”भनेर प्रश्न गरेको व्यानर बनाएर बसमा तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटो सहित दवाव अभियान सुरु गरेका थिए । २ प्याकेजमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो प्याकेजको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर र दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ ।पहिलो प्याकेज अन्तर्गगत पहिलो प्याकेज खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर सडक मध्ये १२ किलोमिटर सडक कालो पत्रे भइसकेको लामोसाँघु जिरी सडक विस्तार आयोजनाका प्रमुख दिप बराहीले जानकारी दिनु भयो । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदरसंगको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको २ वर्ष वित्दा समेत कालोपत्रे सुरु गर्न सकेको छैन । दोस्रो प्यकेजको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असार देखी कम्पनीलाई ७ करोड हर्जना लगाएको छ । “पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने प्रतिब४ता जनाएको प्रमुख बाराहीले बताउनु भयो । स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।

https://www.facebook.com/shrijan.ghimire


Shares

Be the first to comment on "सडक बनाउन दवावःचरिकोटमा हातेसाङलो बनाएर विरोध"

Leave a comment

Your email address will not be published.


*