सन्दीप आज पनि मैदानमा, कति विकेट लेलान् मुम्बईविरुद्ध ?

Sandeep Lamichhane of the Delhi Daredevils celebrates after taking the wicket of Suresh Raina of the Chennai Super kings during match fifty two of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Delhi Daredevils and the Chennai Super Kings held at the Feroz Shah Kotla Ground, Delhi on the 18th May 2018. Photo by: Deepak Malik /SPORTZPICS for BCCI

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले आफ्नो अन्तिम खेल साविक विजेता मुम्बई इन्डियन्ससँग खेल्दैछ । यसअघिका लगातार दुई खेलमा समान १–१ विकेट लिएका सन्दीप लामिछानेले मुम्बईविरुद्ध कति विकेट लिन सक्लान् त ?

यतिबेला सबै क्रिकेटप्रेमीलाई रोहित शर्माको कप्तानीमा रहेको मुम्बई विरुद्ध सन्दीपले कति विकेट लेलान् र कस्तो प्रदर्शन गर्छन् भन्ने कौतूहल छ । दिल्लीले आफ्नो अफिसियल फेसबुक पेजमा सन्दीपको फोटो राख्दै कति विकेट लिन्छन् भनेर समर्थकलाई प्रश्न गरेको छ ।

नेपाली समयअनुसार ४ बजेर १५ मिनेटमा फिरोज शाह कोट्ला रंगशालामा दिल्ली र मुम्बईबीचको खेलमा नेपालका सन्दीप लामिछाने पनि हुनेछन् । यसअघि खेलेका दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विकेटसमेत लिएका सन्दीपले आजको खेलमा पनि विकेट लिने क्रिकेटप्रेमीको अनुमान छ ।

सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै, चेन्नई सुपर किंग्स विरुद्धको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए

Shares

Be the first to comment on "सन्दीप आज पनि मैदानमा, कति विकेट लेलान् मुम्बईविरुद्ध ?"

Leave a comment

Your email address will not be published.


*