सबैले नागरिकता पाउनु पर्छ ः मन्त्री चौधरी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ। नेपाल थामी समाज दोलखा शाखाको छैटौँ अधिवेशनलाई सदरमुकाम चरिकोटमा उद्धघाटन गर्दै चौधरीले नागरिकता समस्या विशेष गरेर तराईका जिल्लामा रहेको बताउनुभयो। लाखौँ नेपालीको नागरिकता समस्या रहेको बताउँदै सवै नागरिकले नागरिकता पाउनु पर्ने बताउनु भयो । सबै नागरिकले नागरिकता पाउनु भनेर गठबन्धनको सरकारले नागरिकता विधेयक संसदमा पेश गरेको उहाँँले बताउनु भयो । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कारण दलहरु अदालत जानु पर्ने अबस्था आएको चौधरीको भनाई रहेको छ । “नेपालको लोकतन्त्र,प्रजातन्त्र प्राप्ति गर्नका लागि थामी समुदायको अपरिहार्य योगदान रहेकोछ ,अहिले राजनीतिमा थामी समुदायको कमजोर उपस्थिति रहे पनि आगामी दिनमा त्यस्तो हुदैन , चौधरीले भन्नु भयो ।
राजनीतिक दल फेरि पनि मिल्नुको विकल्प नरहेको बताउँदै उहाँले सबै मिलेर मात्र देशको परिवर्तन सम्भव रहेको बताउनुभयो। दोलखामा थामी समाजको कार्यालय बनाउने प्रतिबद्धता जनाउँदै उहाँले जग्गाको व्यवस्थापन गरेर मन्त्रालय आउन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल सरकारका पुर्व मन्त्री पार्वत गुरुङ , जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी , भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर , मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर , कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी , प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा. नेपाल पत्रकार महासँघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेल, कालिञ्चोक गाउँपालिकाका पुर्व अध्यक्ष एवं थामी समाजको पुर्व केन्द्रीय अध्यक्ष विनकुमार थामी,, कविराज थामी, नानु थामी, नेपाल थामी समाजको केन्द्रीय महासचिव लक्ष्मण थामी लगायतले  लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजले अधिबेशनको अवसरमा चरिकोटमा मोटरसाइक ¥याली तथा झाकी प्रर्दशन गरेको थियो । नेपाल थामी समाज दोलखाले छैटौँ अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

Shares

Be the first to comment on "सबैले नागरिकता पाउनु पर्छ ः मन्त्री चौधरी"

Leave a comment

Your email address will not be published.


*