सम्सेर घिसिङले गरे अध्यक्ष उम्मेद्वारको घोषणा

दीक्षण समाचार
चरिकोट, २६ भदौ

दोलखा निर्माण व्यवसायी संघको आसन्न निर्माचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष सम्सेर घिसिङले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्ष घिसिङले मंगलबार दीक्षण दैनिकसँगको विशेष अन्र्तवार्तामा उनले अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका हुन् ।
बैतेश्वर वडा नं.६ का घिसिङ कन्ट्रक्सन प्रालिका प्रोपाइटर समेत रहेका सम्सेरले एक पटक अध्यक्ष पदको निर्वाचनमा निकटतम् प्रतिद्वन्दी भएको र यस अघि सहमतिका आधारमा रामेश्वर उप्रेतीलाई अध्यक्ष बनाएर आफू वरिष्ठ उपाध्यक्ष बनेकाले अब अध्यक्ष बन्ने आफ्नै पालो आएको दाबी गरे ।
“सकेसम्म सहमतिकै आधारमा हाम्रो नयाँ नेतृत्व चयन हुन्छ” उनले भने “सहमति हुन नसके तापनि निर्वाचनमै जाने भए पनि म अध्यक्षको उम्मेद्वार हुँ ।” आफू अध्यक्ष भएपछि अहिलेसम्म बन्न नसकेको निर्माण व्यवसायी दोलखाको कार्यालयको ६ महिना भित्र जग हाल्ने समेत दाबी गरे । सबै निर्माण व्यवसायीहरुको व्यवसायीक हितका लागि आफूले काम गर्ने उनले प्रतिबद्धता गरे ।

Shares

Be the first to comment on "सम्सेर घिसिङले गरे अध्यक्ष उम्मेद्वारको घोषणा"

Leave a comment

Your email address will not be published.


*