सरसफाइमा स्थानीय बासिन्दा आफै जुटे, सरसफाइलाई मेयरको पनि साथ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–चरिकोटको सरसफाइमा स्थानीय बासिन्दा आफै जुटेका छन । स्थानीय बासिन्दाले आफनो टोलमा नयाँ समिति बनाएर सरसफाई तीब्रता दिएका छन । प्रत्येक शुक्रबार फोहोरलाई सफा गर्ने अभियान स्थानीयले गरेका छन । स्थानीयको पहललाई नगरपालिकाले समेत साथ दिएको छ ।

सरसफाईलाई भिमेश्वर नगरपालिका मेयर भरत के.सी समेत साथ दिएका छन । शुक्रबार भएको अभियानमा सहभागी भएका मेयर के.सीले चरिकोट सफा राख्ने आफुले कुनै कसर बाँकी नराख्ने बताए । नगरपालिकामा फोहोर तथा सरसफाई व्यबस्थापन गर्न नगरपालिकाले बिधेयक तयार पारेको त्यसको नगरसभाले पारित गरे पछि चरिकोट सरसफाईले नयाँ दिशा दिने उनले बताए ।

नगरपालिकाले “ मेरो आगन सफा आँगन” नारा ल्याएको उनले बताए ।
फोहोर व्यबस्थापन गर्न नगरपालिका नयाँ कानुन बनाउदै
भिमेश्वर नगरपालिकाले फोहोर व्यबस्थापनक कानुन उल्ङघन गर्नेलाई एक लाखसम्मको जरिवाना गर्न सक्ने कानुनको बिधेद्यक मस्यौदामा उल्लेख गरिएको छ । प्रस्ताबित बिधेद्यकमा नगरपालिकाले फोहोर मैला संङकलन केन्द्र तोक्ने जनाइएको छ । फोहौर मैला उठाउन सेवाशुल्क लिन प्रस्ताब बिधेयकले गरेको छ ।

Shares

Be the first to comment on "सरसफाइमा स्थानीय बासिन्दा आफै जुटे, सरसफाइलाई मेयरको पनि साथ"

Leave a comment

Your email address will not be published.


*