सवैको दायित्व संस्कृती जोगाउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

संस्कृती भनेको परम्परा देखी चल्दै आएको चलन संस्कृतीलाई बुझ्ने गरिन्छ । नेपाल धर्म संस्कारयुक्त धनी मुलुक हो । १२३ भाषा तथा १२५ जात भएको संगम भएको मुलुक हो । यसका आफ्नै विविधता रहेको छ । नेपालको पहिचान भनेको हाम्रो छरिएर रहेको संस्कृतीलाई हामीले बुझ्ने गर्दछौ ।
तर अहिले मान्छेहरुले आफ्नो पुरानो धर्म र रहन सहन त्याग्दै गएका बेला सिंगटीमा भने त्यसको संरक्षणमा स्थानीयहरु जुटेका खबर वाहिर आएको छ । धर्म संस्कृति जोगाउन र आफ्नो पहिचान बचाउन हरिकृतन सेवा समिति नै बनाएर नियमित भजन पाठमा लागेका छन् । यसले आफनो संस्कृती जोगाउने सहयोग पुग्ने छ । यस्ता कार्यक्रम आफ्ैमा सकारात्मक रहेको छ ।
वर्तमान समयमा समाज धेरै मात्रामा नकारात्मक समस्याहरु देखा परेको पाईन्छ । बालकहरुमा पढाई प्रति वित्रृष्णा बढ्दै जानु, आत्मविश्वासको कमी देखिनु, अनुशासनमा ह्रास हुदै जानु, हाम्रो रितीरिवाज चालचलन, तथा सामाजिक मूल्य र मान्यताहरु नकारात्मक रुपमा ग्रहण गर्नु, नैतिकता र धैर्यता हराउदै जानु , विदेशीकला संस्कृति प्रती मोह बढ्दै जानु, सूचना तथा संचारको सदुपयोग नगरेर दुरुपयोग गर्दै जानु आदि समस्याहरु व्यापक रुपमा देखा पर्न थालेका छन् ।
अहिले संस्कृती ह्रास हुनका कारण भनेको समाजमा अहिलेको सन्ततीलाई राम्रोसँग बुझाउन नसक्नु हो भने पश्चिमा संस्कृतीको प्रभावलाई लिन सकिन्छ । पश्चिमा संस्कृतीले अहिले संसार भर जरो गाडेको छ । त्यसलाई बेलैमा नियन्त्रण भएन भने यसले राम्रो जरो गाड्ने छ ।
नेपाली समाज आफ्रनो संस्कृतिको संरक्षण गर्न समाज त्यो तिर खासै ध्यान दिएको पाइदैन । त्यसको परिणाम स्वरुप संस्कृती दिनौ अतिक्रमण हुन थालेको छ । देशमा विदेशी संस्कृतीले प्राथमिकता पाएको छ । भविस्यमा सन्तती यही तरिकाले संस्कृती माथी आक्रमण हँुदै गयो भने आफनो मौलिक संस्कृति नै विर्सने खतरा उत्पन्न भएको छ । आफनो संस्कृति नै के थियो, त्यसको समेत पत्तो नहुन सक्छ । त्यसैले अहिले भएको संस्कृती अतिक्रमण रोक्न सवै जिम्मेवार भएर लाग्नू जरुरी रहेको छ ।अन्यथा नेपालले आफ्नो पहिचान हराउन सक्छ ।

Shares

Be the first to comment on "सवैको दायित्व संस्कृती जोगाउने"

Leave a comment

Your email address will not be published.


*