सवैले शेयर हाल्ने वतावरण वनाउ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साउन १६ गतेवाट स्थानीयको लागि शेयर खुल्ला हुदै छ । दोलखावासीका नागरिकाका लागि तामाकोशी शेयर अबसरको रुपमा खुल्ला हुदै छ । स्थानीय शेयर भनेको जनताको लागिको संविधानले दिएको अवसर हो । यसलाई यस आयोजनामा सानो हिस्सा ओगटेर मालिक बन्ने अबसर भन्दा हुन्छ । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा काठमाण्डौ बस्दै आएका दोलखावासीहरुले काठमाण्डौबाटै र जिल्लाका ७४ वटै वडाबाट शेयर आवेदन भर्न पाउने भएको समाचार वाहिर आएको छ । जनप्रतिनिधीको वैठकले जनतालाई असहजको भएको भन्दै सवै तिरबाट शेयर आवेदन दिन पाउने निर्णय आफैमा स्वागयोग्य रहेको छ । नयाँ निर्णयले राजधानी बस्दै आएका दोलखावासीले शेयर आवेदन दिन पाउने भएका छन । त्यो सकारात्मक कार्य हो ।
स्वेदेसी लगानीमा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा प्रभावित स्थानीयहरुलाई लक्षित गरि वितरण गर्न लागिएको १० प्रतिशत साधरण सेयरका विषयमा लामो समय देखि अनेकन टिक्का टिप्पणी भयका थिए । आयाजनाको सुरुवातदेखिनै सर्बत्र चर्चाको विषय बनाइदै आएको सेयर मोडालिटीका बारेमा धेरै निर्णयहरु गरिएतापनि आयोजनाले गरेको यस अघिको अन्तिम निर्णयलाई जिल्लाका जनप्रतिनिधिहरुको भेलाले संसोधन समेत ग¥यो । संसोधित निर्णय अनुसार यही साउन १६ गतेदेखि भदौ १४ सम्मको मिति तोकिएपछि स्थानीयहरु रकम जम्मा गर्न जुटेका थिए । तर उक्त निर्णयविरुद्ध पनि तामाकोसी सेयर संयुक्त सरोकार समितिले चरणबद्ध आन्दोलनको समेत घोषणा गरेको थियो । सोही आन्दोलनको दुर्गामी असरलाई मध्येनजर गर्दै विहिबार माथिल्लो तामाकोसी आयोजनाको व्यवस्थापनमा राजधानी काठमाण्डौमा दोलखाका प्रदेश र प्रतिनिधि सभाका सांसदहरुसँगै जिल्लाका सबैजसो सरोकारवाला र संघर्ष समित विच आयोजनासँग बार्ता भयो । वार्ताले शेयरलाई केही सहज वनाउने बातावरण बनेको छ ।
शेयर हाल्न पाउने अबसर अहिले टाढाबाढले गरेका छन । शेयर भनेको नाफा हँुदा त्यसको केही हिसा बोनस पाउने तथा घाटा हँदा त्यसलाई बहन गर्न सक्ने लगानी हो । तर अर्को पाटोमा भने अहिले सम्म छलफल भएको त्यो भनेको आर्थिक पाटोलाई लिन सकिन्छ । अहिले सम्म जनताले कति शेयर पाउने भन्नेबारेमा मात्र चर्काचर्की भए तर दोलखा सवै जनताले हाल्ने यत्ती ठुलो रकमको कसरी सहज बनाउने भन्ने बारे न त जनप्रतिनिधीले उठाएका छन । न त आर्थिक संस्था बैक तथा सहकारी त्यसको बारेका स्पष्ट पारेका छन । दोलखाका असारमा भुकम्प पछि पुर्ननिर्माण सक्नु पर्ने बाध्यताले जनताले आफ्नो रकम सकेका छन । त्यो यर्थाथ हामी सामु छ । यदी आर्थिक पाटो सहज धेरै जनताले शेयर हाल्न बन्चीत हुने छन । हुन त शेयर भनेको धनीहरुले म सँग पैसा छ म तिम्रो हिसेदार बन्छु भन्ने हो भने गरिव जनतालाई नेपाली उखान छ “कागलाई बेल पाक्यो हर्ष न विषमत भने भने झै हुने छ ” ।

तामाकोसी जलविद्युत आयोजनामा सवै दोलखाली जनताले शेयर हाल्ने वातावरण हुनु जरुरी रहेको छ । भुकम्पबाट थिल्लथिलो भएका तथा अहिले पुर्ननिर्माणमा आफ्नो रकम सवै सकेका जनताले शेयर हाल्ने वातावरण हुनू आवस्यकता रहेको छ । त्यसको लागि सहकारी तथा बैकहरुले पनि सहज वाताबरण जरुरी रहेको छ । अन्यथा केही टाठाबाढाले मात्र शेयर हाल्न पाउने छन । त्यो वातावरण वनाउन स्थानीय सरकार पनि लाग्नु आवस्यक छ । यो शेयरमा सवै दोलखालीले शेयर हाल्ने वातावरण भयो भने मात्र दोलखालीको आयोजना हुने छ । नत्र यो आयोजना पनि केही सिमित व्यक्तिले मात्र फाइदा लिने छन ।

Shares

Be the first to comment on "सवैले शेयर हाल्ने वतावरण वनाउ"

Leave a comment

Your email address will not be published.


*