सहकारीको स्थापना दिवसमा छात्रावासलाई सहयोग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

राजकुमार भुजेल
चरिकोट, भदौ ७
भीमेश्वर नगरपालिका वडा नं. ६ मा चोथाङ्गमा अवस्थित पौरखी कृषि सहकारी संस्थाले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार आमाको माया छात्रावासलाई सहयोग गरेको छ । संस्थाका व्यवस्थापक सुरेशराज खतिवडाले छात्रावासलाई आवश्यक पर्ने सिरक खोल छ थान, कापी १६ दर्जन, कलम १६ प्याकेट, कराई एक वटा वितरण गरिएको बताउनुभयो । संस्थाका अध्यक्ष हरिहर न्यौपानेको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, वडा नं. ६ का वडाध्यक्ष नवीन लामा, छात्रावास सञ्चालक समितिका अध्यक्ष शिव केसी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "सहकारीको स्थापना दिवसमा छात्रावासलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*