साउदीका १० महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । साउदी अरबले यसअघि घोषणा गरे अनुसार सोमबार १० महिला नागरिकलाई ड्राइभिङ लाइसेन्स प्रदान गरेर ऐतिहासिक कदम उठाएको छ । महिलाहरुलाई सवारी चलाउनमाथि लगाइएको प्रतिबन्ध हटाउन २० दिन अगावै सरकारले लाइसेन्स दिएर सबैलाई अचम्मित बनाएको संचार एजेन्सी द न्युयोर्क टाइम्सले जनाएको छ ।

यसअघि थुप्रै महिला कार्यकर्ताहरुले सरकारसमक्ष महिला अधिकारको माग गर्दै प्रदर्शन गरेपछि उनीहरुले राष्ट्रको सुरक्षा र स्थिरतालाई कमजोर बनाइरहेको आरोप लगाउँदै सरकारले तिनीहरुलाई पक्राउ गरेको थियो । यस घटनापछि धेरैले सरकारले यसअघि महिला अधिकारको समर्थनमा दिएको वचन पूरा गर्नेमा शंका व्यक्त गरिरहेका थिए । तर सोमबार अचानक सरकारी प्रेसले यस्तो निर्णय सुनाएपछि सामाजिक संजालमा अहिले ती महिलाहरुले लाइसेन्स प्राप्त गरिरहेको भिडियो भाइरल बनेको छ ।

यसरी पहिलोपटक आफ्नो नामको लाइसेन्स पाउँदा यसबारे त्यहाँका महिलाहरुले भने वर्षौँदेखिको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरिरहेका छन् । त्यसैगरी अन्तराष्ट्रिय समुदायबाट पनि साउदीको यस ऐतिहासिक कदम सम्बन्धी राम्रो प्रतिक्रिया आइरहेको बताइएको छ । यसअघि सामाजिक जीवनमा महिलाहरुलाई सिमित स्थान मात्र दिने गरेको साउदीले अर्को हप्ता थप २ हजार महिलाहरुलाई लाइसेन्स प्रदान गर्ने तयारी गरिरहेको समेत बताएको छ ।

राजकुमार मोहोम्मद बिन सलमानले देशमा आधुनिक सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै पछिल्लो समय साउदीको रुढीवादी नियमहरुमा अप्रत्याशित बदलाव गरिरहेका छन् । उनको सो योजनाको विश्वभर समर्थन र प्रशंसा भइरहेको छ । गत महिना मात्र उनले लचित्रमाथिको प्रतिबन्ध हटाएका थिए । त्यसैगरी पछिल्लो वर्ष पनि महिलाहरुकै समर्थनमा उनीहरुले फुटबल स्टेडियममा एक्लै म्याच हेर्न अनुमति दिएर उनले अर्को उदाहरणीय काम गरेका थिए । त्यस्तै भ्रष्टाचार विरुद्ध कदम उठाउँदा पनि उनले देशका अधिकांश धनाढ्य व्यवसायी र राजकुमार सहितलाई महिनौँ कैद गरेका थिए ।

Shares

Be the first to comment on "साउदीका १० महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स !"

Leave a comment

Your email address will not be published.


*