दोलखा– सातौं राष्ट्रपति रनिङ सिल्ड अन्तर मावि जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको प्रथम स्थान बौद्ध भुवनेश्वरी माध्यमिक बिद्यालय मालीले हात पारेको छ ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ भएको सो प्रतियोगिता सदरमुकाम चरिकोटमा सञ्चालन भएको प्रतियोगितामा ६ स्वर्ण पदक गरी भुवनेश्वरी माध्यमिक बिद्यालयले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी द्वितीय कालिञ्चोक माध्यमिक बिद्यालय चरिकोटले ५ स्वर्ण पदक ल्याइ द्वितीय भएको छ भने ३ स्वर्ण पदक सहित ल्याई सहिद स्मृती आवासीय माध्यमिक बिद्यालय जिरी तृतीय भएको छ । बिजेता विद्यालयलाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने बिद्यालयलाई सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा सञ्चालित प्रतियोगिता चैत २४ गते शनिबारबाट सूरु भएको थियो। समापन कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकर जिल्ला शिक्षा अधिकारी गिता घिमिरे जिल्ला लगायतका उपस्थिति थियो।
सातौं राष्ट्रपति रनिङ सिल्ड बौद्ध भुवनेश्वरीलाई

Be the first to comment on "सातौं राष्ट्रपति रनिङ सिल्ड बौद्ध भुवनेश्वरीलाई"