साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । ३–० गोल अन्तरले नेपाल पराजित भएको हो । नेपालविरुद्ध माल्दिभ्सका इब्राहिम वाहिदले २ गोल गरेका थिए । उनले ८३ र ८६ औं मिनेटमा लगातार गोल गरेका थिए । भने पहिलो गोल अक्रम अब्दुल घानीले खेल सुरु भएको आठ मिनेटमै गरेका थिए । त्यसपछि माल्दिभ्सले नेपाललाई दबाबमा पारेको थियो ।
घानीले नेपालविरुद्ध फ्रि किकबाट गोल गरेका थिए । खेलकै क्रममा भारी वर्षा भएपछि २७ औं मिनेटमा खेल केहिबेरका लागि रोकिएको थियो । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाललाई पराजित गर्दै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले अब भारत र पाकिस्तानबीचको खेलमा विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

Shares

Be the first to comment on "साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित"

Leave a comment

Your email address will not be published.


*