सिंचाइ डिभिजन दोलखाका प्रमुख पक्राउःंंंसरकारी छाप दस्तखत किर्ते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मंसिर २९, चरिकोट । सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाई विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख अधिकारीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेकोमा शनिबार काठमाण्डौंमा पक्राउ परेका हुन् ।
रत्ननगर नगरपालिका(४, चितवन घर भई किर्तिपुर नगरपालिका ण्२, काठमाण्डौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्वनको अवस्थामा रहेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धान पछि घटना भएको स्थान दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो । तत्कालीन अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका थिए । पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Shares

Be the first to comment on "सिंचाइ डिभिजन दोलखाका प्रमुख पक्राउःंंंसरकारी छाप दस्तखत किर्ते"

Leave a comment

Your email address will not be published.


*