सुरेल समुदायको अभिलेखीकरणका लागि प्रकाशित पुस्तक गाउँपालिकालाई हस्तान्तरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा (चरिकोट)–गौरीशङकर गाउँपालिका–५ सुरीमा रहेका लोपोन्मुख सुरेल समुदायको अभिलेखीकरणका लागि प्रकाशित पुस्तक गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सुरेल समुदायका शुभ चिन्तक एवम लेखक मधुसुदन आचार्यद्वारा लिखित सुरेल जातिको उत्पत्ति, धर्म र संस्कृतिःएक परिचय नामक पुस्तक स्थायी र व्यवस्थित अभिलेखीकरणका लागि दस्तावेजका रुपमा यो पुस्तक हस्तान्तरण गरिएको बताइएको छ । लोपोन्मुख सुरेल समुदायको कहीँ कतै पनि अभिलेखीकरण नै नहुँदा परिचित समेत हुन पाएका छैनन् । पुस्तकका लेखक आचार्यले भन्नु भयो, सुरेलकाबारे कसैले जान्न चाहे कहीँ कतै अभिलेख नै छैन । अभिलेखसम्म पनि नहुँदा दाताहरुले चाहेर पनि सहयोग गर्न सकेका छैनन् । देशमा लोकतन्त्र गणतन्त्र आएको छ तर सुरेल समुदायले महसुस गर्नसम्म पनि पाएका छैनन् । सँधै निमुखा भएर पुरानै लयमा निर्वाहमुखी जीवन बिताइरहका उनीहरुको पहिचान हुन सकोस् भन्ने हेतुले गाउँपालिका र वडालाई समेत अभिलेखीकरण गरिदिन सुरेलबारे झल्कने यो पुस्तक हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । प्रकाशित पुस्तकमा दोलखा र दार्जिलिङमा रहेका सुरेलको तथ्याङक, पुरुष र महिलाको अन्य जातिसँग भएको वैवाहिक विवरण, विधवा र विदुर, अध्ययनरत विद्यार्थी संख्या,भाषालगायत उल्लेख रहेको छ । पुस्तकमा भाषा संरक्षणका लागि वर्णानुक्रममा करिब डेढ हजार शब्दमा नेपाली, सुरेल र अङग्रेजी भाषामा प्रकाशित गरिएको छ । यसै अवसरमा नेपाल निजामति कर्मचारी युनियन दोलखा शाखाका अध्यक्ष टीकाबहादुर केसीले गाउँपालिकामा नव निर्वाचितन जनप्रतिनिधीहरुलाई पाँच वर्षे कार्यकालको शुभकामना सहित सिन्दुर टीका लगाएर खादा ओढाई स्वागत गर्नु भयो ।

Shares

Be the first to comment on "सुरेल समुदायको अभिलेखीकरणका लागि प्रकाशित पुस्तक गाउँपालिकालाई हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*