स्थानीय स्तरमा नै छपाई गर्न माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट। दोलखाका मुद्रण व्यवसायीले स्थानीय स्तरको छपाईको काम दोलखामा हुनपर्नेमा जोड दिएका छन । ‘सुरक्षण मुद्रण आजको आवश्यकता, गुणस्तर छपाइ हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ संघीय संरचना बमोजिम मुद्रण क्षेत्रको विकासका सम्बन्धमा सरकारी र निजी छापाखाना बिच शुक्रबार चरिकोटमा भएको अन्तरक्रिया कार्यक्रम सो धारण राखेका हुन । दोलखाका मुद्रण व्यवसायी स्थानीय स्तरको काम बाहिर गएको भन्दै स्थानीय स्तरमा नै गराउन सरोकारवालाको ध्यानआकर्षण गराएका हुन । कार्यक्रममा मुद्रण व्यवसायी लक्षमण बस्नेतले स्थानीय स्तरको छपाईको काम बाहिर जाने गरेकोले त्यसलाई दोलखामा नै गर्ने वाताबरण बनाउनु पर्ने बताए । त्यसैगरी महाकाली प्रिटिङ प्रेसका रामकृष्ण पाण्डेले छिनछिनमा बिद्युत कट्ने समस्याले सेवाग्राहीलाई समयमै सामान दिन नसकेको गुणासो गरे । सरकारले सहयोग गरेको खण्डमा गुणस्तरीय प्रेस राखेर छापाखानालाई अत्याधुनिक सेवा प्रदायक बनाउन सकिने पाण्डेलले बताए । दर्ता र नियमन नै जिल्ला प्रशासन कार्यलयले गर्ने भएकोले स्थानीय निकायको राजपत्र समेत आफुहरुले नै छाप्न पाउनुपर्ने माग भिमेश्वर छापाखानका नारायण कुमार श्रेष्ठले राखे ।
नेपाल सरकारको आवश्यकता अनुसार विश्वासनीय, भरपर्दो र गुणस्तरीय छपाइका काम गर्न निजी क्षेत्रसंग समेत सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको मुद्रण विभागका महानिर्देशक बलभद्र गिरीले बताए । उनले भने “विभागलाई सक्षम संस्थाको रुपमा स्थापित गर्दै आगामी दिनमा सरकारले चाहेका सुरक्षण सामाग्री समेत नेपालमानै छपाइ हुन सक्ने गरि विकसित गर्दै लाने सोच छ ”।त्यसैगरी प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले स्थानीय स्तर व्यवसायीले क्षमता विस्तारमा पनि जोड दिनुपर्ने बताए ।स्थानीय स्तरमा रहेको समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी पाठकले जनाए ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालय मुद्रण विभागको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमनी पाठक, जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतम, जिल्ला हुलाक कार्यालय प्रमुख नवीन श्रेष्ठ र स्थानीय छापाखानाका सञ्चालकहरुले मुद्रण सेवा कार्यलाई विश्वासनी र भरपर्दो तुल्याउने विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

Shares

Be the first to comment on "स्थानीय स्तरमा नै छपाई गर्न माग"

Leave a comment

Your email address will not be published.


*