स्वास्थ्य र तपाईँ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको सन्तुलन नै असल स्वास्थ्य हो जुन एउटा सही जीवन शैलीद्वारा सहजीकरण गरिएको हुन्छ। असल मन र शरीरबाट  स्वस्थ्य जीवन सुरु हुन्छ। त्यस कारणले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य उत्तिकै महत्त्वपूर्ण छन्। आजभोलि मानिसहरूले विभिन्न मानसिक रूपमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ। प्राय: जसो काम र अस्वस्थ हुने तनावमा परेका हुन्छन्। प्रत्येक भूमिकाको आवश्यकताहरूलाई पुरा गर्नु र त्यसै बखत एउटा स्वस्थ्य जीवनलाई हाँक्नु सहज छैन। असल स्वास्थ्य र खुसीको जीवनको आनन्द लीनको लागि मानिसहरूले आफ्नो मानसिक स्वास्थ्यको साथै शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनु पर्छ।

असल मानसिक स्वास्थ्य के हो?

एउटा असल मानसिक स्वास्थ्य भएको मानिस कुशल र आत्म विश्वासी हुन्छ। तिनले आफू हुनुलाई स्वीकार गर्छन् र जीवनको आनन्द लिन्छन्। ति नकारात्मक अनुभवहरू (जस्तै चिन्ता, निराशा, रिस, असन्तुष्टि, घृणा र ईर्ष्या) वा निरन्तरको जारी रहने असहज अनुभवहरूबाट विचलित हुँदैनन्। तिनले जीवनलाई अर्थ पूर्ण र उद्देश्य पूर्ण भएको पाउँछन्। त्यो मानिसमा समस्याहरूको सामना गर्ने क्षमता छ। उसको लागि सबै कुराहरू र समस्याहरू सधैँ नियन्त्रणमा रहेका हुन्छन्  र आफू वरिपरिको वातावरण माध्यमहरू हुन् जस मार्फत मानिसले आफ्ना खुबीहरूलाई आफूले पूर्ण रूपमा देखाउन सक्छन् ।

सबैमा कोरोना भाइरसले मानिसको मानसिक स्वास्थ्यमा खराब असर पार्छ त्यसकारण असल मानसिक स्वास्थ्यलाई कायम राख्ने विधिहरू

१ सकारात्मक र आशावादी हुनुहोस्

आशावादी हुनुहोस्। सबै कुराहरूलाई  सकारात्मक भावले स्वीकार गर्नुहोस् अनि कहिलेकाहीँ हुने असफलताहरूबाटपाठसिक्नुहोस्।  खुसी जीवनको मार्गहरू यिनीहरू हुन्।

यदि एउटा आधा पानी भरिएको गिलास छ भने एकजना आशावादी मानिस अझ पनि आधा गिलास बाँकी छ भनेर खुसी हुन सक्छन्। तिनले सहज भएको अनुभव गर्छन् अनि उत्साह पूर्वक काम गर्ने र अगाडि बढ्ने कामलाई निरन्तरता दिन्छन्। अर्को तर्फ एकजना निराशावादी मानिस अगाडि बढ्ने हिम्मत नगर्दै आधा गिलास मात्र बाँकी छ भनेर चिन्तित हुने गर्छन्। तिनीहरूले त्यसलाई हेर्ने विधिको कारणले गर्दा त्यही आधा गिलास पानीको अर्थ आशावादी र निराशावादीहरूको लागि निकै फरक हुने गर्छ।

निकै बढी चिन्तित नहुनुहोस्। सही समय आएपछि सबै कुराहरू ठीक हुन्छ। जीवनमा उतार चढावहरू हुने गर्छन्। हारहरूबाट विचलित हुनु कुनै आवश्यकता छैन 

२. सके सम्म प्रयास गर्नुहोस्

परिवारहरू भएका धेरैजसो कामकाजी मानिसहरूले एकै पटकमा आफ्ना कामकाजहरू र परिवारको राम्ररी हेरचाह गर्नु थकानपूर्ण भएको पाउने गर्छन्। आफूले प्रत्येक दिन थकाई लाग्दो र उराठ लाग्दो खालको घरको काम गरिरहँदा आफ्ना साथीहरू तिनीहरूको कामकाजहरूमा सफल भएको देख्दा पूर्णकालिन घरमा काम गर्नेहरूले तुच्छ अनुभव गर्न सक्छन्।

वास्तवमा तपाईँले छनौट गरेको भूमिकामा तपाईँले सके सम्म राम्रो प्रयास गर्नु भएको छ वा छैन भन्ने कुराले फरक पार्छ। तपाईँले आफूलाई अरूसँग तुलना गर्नु पर्दैन।

एकल मानिसले कामको सन्तुष्टिबाट आनन्द लिने गर्छन्। परिवारका सदस्यहरूले स्नेहपूर्ण पारिवारिक जीवनको आनन्द लिने गर्छन्। यदि तिनीहरूमा आफूबारे उचित अपेक्षाहरू भएमा परिवार भएका कामकाजी मानिसहरूले पनि घर र काम दुवैमा खुसी जीवन बिताउन सक्छन्।

व्यवहारिक अपेक्षा एउटा सपना हो।  अव्यवहारिक अपेक्षा एउटा कोरा कल्पना हो। आफ्ना बलियापक्षका क्षेत्रहरूको प्रशंसा गर्नुहोस्। आफ्ना उपलब्धिहरूको लागि आफूलाई प्रशंसा गर्नुहोस्।

३. आफूलाई अभिव्यक्त गर्नुहोस् र साझा रूचिका विषयहरू पत्ता लगाउनुहोस्

अहिलेका मानिसहरू फुसर्दिलो हुन्छन्। फुर्सदिलो जीवन व्यतीत गर्नुको अर्थ जोडीहरूले एक अर्कासँग बढी समय बिताउनु र एक अर्कासँग आफ्नो कुरा धेरै अभिव्यक्त गर्नु हो। त्यस कारणले आफ्नो पति वा पत्नीसँग तपाईँले बिताउने प्रत्येक क्षणलाई मूल्यवान् ठानेर बचत गर्नुपर्छ र घनिष्टतालाई कायम राख्नको लागि आनन्ददायी क्षणहरू सिर्जना गर्नुपर्छ। आफ्नो श्रीमान् वा श्रीमतीमा  मिठासलाई अनुभव गर्नको लागि कहिलेकाहीँ एकसाथ एउटा परिकार बनाउने कार्यमा लाग्नुहोस्। एक अर्का बीचको अभिव्यक्तिहरूलाई टेवा दिनको लागि साझा रुचिको क्रियाकलापहरू वा कुराकानीको शीर्षकहरू पत्ता लगाउनुहोस्। एउटा खुसी वैवाहिक जीवनलाई एक साथ बिताएको समयको मात्राले भन्दा त्यसको गुणस्तरले सम्बर्द्धन गरिएको हुन्छ। त्यस कारणले आफ्नो श्रीमान् वा श्रीमतीसँगको प्रत्येक क्षणलाई मूल्यवान् ठानेर त्यसलाई प्रयोग गर्नुहोस्  !

आनन्ददायी क्षणहरू सिर्जना गर्नुहोस् अनि जीवनलाई अझ बढी आनन्ददायी बनाउको लागि आफ्नो श्रीमान् वा श्रीमतीलाई बिना सूचनाको आश्चर्यहरू दिनुहोस्।

४. साथीहरू महत्त्वपूर्ण हुन्छन्

जीवन तनावपूर्ण छ। मानिसहरूले प्रायजसो आफूलाई आफ्ना कामकाज र परिवारहरूमा समर्पण गर्ने गर्छन् र साथीत्व विकासलाई नजर अन्दाज गर्ने गर्छन्। सङ्कटको समय आउँदा आफ्ना चिन्ताहरू सझेदारी गर्नको लागि तिनीहरूसँग कोही पनि हुँदैनन्।

साथीहरूले तपाईँको जीवनका घटनाहरूका अंश र टुक्राहरूलाई साझेदारी गर्न सक्छन्। तपाईँलाई सङ्कट पर्दा सहयोग र मद्दत गर्नको लागि साथीहरू हुनेछन्। पुराना साथीहरूसँग सम्पर्कमा रहनुहोस् अनि अरू बढी नयाँ साथीहरू बनाउनुहोस्। त्यस साथीत्वबाट तपाईँले एक दिन लाभ पाउनु हुनेछ।

अझ बढी साथीहरू बनाउनको लागि पहल गर्नुहोस् अनि एउटा सहयोग सञ्जाल बनाउनुहोस्। अरूलाई तपाईँको साथी बन्न दिनुहोस् अनि अरूको साथी बन्नुहोस्।

५. आफ्नो फुर्सदको समयलाई  रुचिले बिताउनुहोस्

तपाईँलाई समय समयमा रमाइलोगर्न आवश्यक हुन्छ। तपाईं जतिसुकै व्यस्त भए पनि प्रत्येक दिन आफूलाई मन पर्ने काम गर्नमा केही समय लगाउनुहोस्। बगैँचाको काम सिलाई बुनाई र हस्तकलाको सामान बनाउने जस्ता सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने क्रियाकलापहरूले तपाईँमा स्थिरता ल्याउँछ त्यस्ता कामहरू टेलिभिजन हेर्नु संगै थप धेरै नै उपलब्धीमूलक हुने गर्छन्।

अध्ययन र निरन्तरको शिक्षाले तपाईँलाई नयाँ ज्ञानको साथ सक्षम बनाउँछ।  उपलब्धिको तात्पर्यको लागि तपाईँले हाल नजिकमा स्वयम् सेवा वा परोपकारबारे सोच्न सक्नुहुन्छ। तपाईँले जे गरे पनि आफूलाई अति थकित वा अति व्यस्त नबनाउने कुरालाई नबिर्सनुहोस्। पेसा बाहेकको आफ्ना रुचिहरूलाई  मुख्य काम नबनाउनुहोस्।

आफ्नो जीवनमा एउटा सक्रिय भूमिका निभाउनुहोस्। आफ्नो स्तरोन्नतिको लागि आफैले पहल गर्नुहोस्। फुर्सदको समयको लागि समय लिनुहोस्। काम र परिवारको लागि एउटा दास वा दासी नसेच्नुहोस्।

आफ्नो मानसिक स्वास्थ्यको अवस्था जाँच्नुहोस्

तपाईँ कस्तो प्रकारको व्यक्ति हो? यदि तपाईँमा स्वस्थ्य प्रवृत्तिहरू भन्दा अझ बढी अस्वस्थ्य प्रवृत्तिहरू छन् भने जीवनलाई अझ बढी स्वस्थ्य र अझ बढी खुसी बनाउनको लागि अहिले नै सुधारहरू खोज्नुहोस्!

 

Shares

Be the first to comment on "स्वास्थ्य र तपाईँ"

Leave a comment

Your email address will not be published.


*