१५ खर्ब ३२ अर्ब बजेट, २ खर्ब ९८ अर्ब वैदेशिक ऋण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते (बुधबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।यो बजेट केपी ओली नेतृत्वको दुईतिहाई कम्युनिस्ट सरकारको तथा मुलुक संघीय संरचनामा संघीयताको पूर्ण कार्यान्वयन भएको दोस्रो बजेट हो । कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५१ अर्ब १० करोड अर्थात् ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख अर्थात् २६.९ प्रतिशत रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रहेको छ ।आगामी आवमा ८.५ प्रतिशत आार्थिक वृद्धिदर र ६ प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख र वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख बेहोर्दा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख न्यून हुन्छ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ९५ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट बेहोरिनेछ ।

Shares

Be the first to comment on "१५ खर्ब ३२ अर्ब बजेट, २ खर्ब ९८ अर्ब वैदेशिक ऋण"

Leave a comment

Your email address will not be published.


*