१७ दिने मखमलि जुत्ता तालिम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–सामुदायिक पुस्कालयले १७ दिने मखमलि जुत्ता बनाउने तालिमको मंगलबार समापन गरेको छ । दोलखा प्रदेश सभा ख का संसाद पशुपति चौलागाई समारोहको समापन गर्दै सिकेको सिप व्यहबारमा लागु गर्नुपर्ने बताए । त्यसैगरी उनले बिकासमा सहकार्य गरेर मात्र अघि बड्नु पर्नेमा जोड दिए । त्यसैगरी जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले सबैको सहकार्य मात्र बिकास गर्न सजिलो हुने उनको भनाई रहेको छ । भिमेश्वर नगरपालिका प्रमुख भरत के.सीले व्यवसायिक तालिमलाई नगरपालिका सधै तयार रहेको बताए । सामुदायिक पुस्कालयका अध्यक्ष कृष्ण बस्नेत आधुनिक भबन निर्माण जारी रहेको कार्यक्रममा जानकारी दिए । तालिममा सहभागि नविना लामाले तालिमले आत्मविश्वास जगाएको बताइन् ।
तालिममा १५ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीलाई सांसद पशुपति चौलागाईले प्रमाणपत्र वितरण गरेका थिए ।

Shares

Be the first to comment on "१७ दिने मखमलि जुत्ता तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*