३ दिन चरिकोटमा दिउँसो विद्युत काटिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट। ८ साउन
विद्युत लाइनको मर्मत र केबल तार फेर्नु पर्ने हुँदा चरिकोट बजारमा ३ दिनसम्म दिउँसो विद्युत सेवा नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण चरिकोट वितरण केन्द्रले सातदोबाटोदेखि दोलखा बजारसम्मको पुरानो ११ केभी प्रसारण लाइनको तार फेर्न लागेको हो ।
प्राधिकरण दोलखाका सुचना अधिकारी समेत रहेका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बुधबारदेखि ३ दिनसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सातदोबाटोदेखि भालुखोलासम्मको विद्युत लाइन काटिने छ । यसका लागि ३ दिन लाग्ने उनले बताए । त्यसपछि भालुखोलादेखि दोलखा बजारसम्मको लाइनको काम हुने बताए । यसका लागि कति दिन लाग्न अहिले नै भन्न नसकिने बताए ।
चरिकोटको मुख्य बजार क्षेत्रमा विद्युत कटौती भए तापनि अन्यत्र कटौती नहुने बताए । ३ दिनपछि भालुखोलादेखि तिखातलसम्मको विद्युत कटौती हुने छ । यसबाट सरकारी कार्यालय क्षेत्रमा दिउँसो विद्युत कटौती हुनेछ । यस अघि पनि मकैबारीदेखि सातदोबाटोसम्मको लाइनमा केबुल फेर्दा विद्युत कटौती भएको थियो ।

Shares

Be the first to comment on "३ दिन चरिकोटमा दिउँसो विद्युत काटिने"

Leave a comment

Your email address will not be published.


*