५ महिनादेखि तलब विनै काम गर्दै कर्मचारी

दीक्षण समाचार
दोलखा, १२ मंसिर
प्रदेश माताहातका २ सरकारी कार्यालयका कर्मचारीहरु ५ महिनादेखि तलब विनै काम गर्दै आएका छन् । तत्कालिन जिल्ला कृषि विकास कार्यालयमा कार्यरत ७ जना कार्यालय सहयोगी र भेटियनरी अस्पतालका कर्मचारीहरुले चालु आर्थिक वर्ष लागेदेखि तलब समेत बुझ्न पाएका छैनन् ।
इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइराला दसैं मान्न ऋण गरेर घर फर्के । दसैं तिहार दुवै चाडमा आउँदा जाँदा दुवै तर्फीमा साथी भाइ र घर बाटै खर्च चलाए । तर अहिलेसम्म साउनदेखि तलब नआए तापनि दसैं÷तिहारमा आउँला भनेको त्यो पनि आएन । अहिले त मंसिर मध्ये हुँदा समेत तलबको कुनै टुङ्गो नै नभएको कर्मचारीहरुको गुनासो छ ।


३ तहको सरकार मध्ये यस वर्ष ३ नं. प्रदेश मातहातका कर्मचारीहरु रित्तो हात दसैं मनाउन घर फर्केपछि धेरै जसो कार्यालयका कर्मचारीले तिहार अघि तलब पाए । प्रदेश सरकार माताहातका डिभिजन बन, खानेपानी, कृषि, भू संरक्षण, पशु सेवा, सिंचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरु मध्ये कृषि र भेटिनरीका ३० जना कर्मचारीहरु तलब विनै काम गर्दै आएको कोइरालाले जानकारी दिए ।
सरकारले कर्मचारीका लागि दसैं तिहार जस्ता चाडपर्व मनाउन एक महिनाको तलब बराबरको खर्च दिदैं आएको छ । तर यसपाली साउनदेखिको तलब समेत प्रदेश सरकार माताहातका कर्मचारीले पाएका छैनन् । हरेक महिना तलब बुझ्दै आएका कर्मचारीहरु दसैं तिहारको खर्च समेत जोड्दा ६ महिनाको तलबभत्ता लिनु पर्ने हुन्छ ।
चरिकोटमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयलाई दोलखा र सिन्धुपालचोक हेर्ने गरी भेटिएनरी अस्पतालको रुपमा सञ्चालन गर्ने गरी बोर्ड राखेको छ । तर यसको न त कुनै स्पष्ट काम छ न त निर्देशन । त्यहाँका कर्मचारीहरु पनि दैनिक आउँने र सामान्य परम्परागत काम बाहेक अरु पनि छैन तलब पनि छैन ।
तत्कालिन कृषि विकास कार्यालयका ७ कार्यालय सहयोगीहरु भने कार्यालय विनै किबी जोनमा पुगेर खाली कागजमा हाजिरी गर्दै फर्किदै गरेका छन् । उनीहरुको न त कार्यालय छ न त काम नै । “हामीलाई कि काम दिनु प¥यो, कि अबकास” कृषि कार्यालयका कर्मचारी पर्शुराम थापाले भने “अरुका हाकिम र लेखाका कर्मचारी हुनेले तलब ल्याएर खुवाए हाम्रो त कोही छैनन् कसलाई भन्ने के गर्ने थाहा छैन ।” कृषिका ति सबै स्थायी कर्मचारी हुन् ।
जिल्लाका कर्मचारी समायोजन समितिका सचिव समेत रहेका जिल्ला समन्वय अधिकारी तुल्सीनाथ गौतमले भने कृषिका ७ कार्यालय सहयोगीहरुको स्थानीय तहहरुमा समायोजन भैसकेकाले उनीहरुको सम्बन्धित स्थानीय तहमा तलब निकासा हुने जानकारी दिए ।

Shares

Be the first to comment on "५ महिनादेखि तलब विनै काम गर्दै कर्मचारी"

Leave a comment

Your email address will not be published.


*