दोलखाका डियसपी पौडेलको कार्यकालमा भएका उपलब्धि सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, माघ २५
दोलखाको तत्कालीन प्रहरी प्रमुख डियस्पी गंगाप्रसाद पौडेलले आफ्नो कार्यकालमा भएको उपलब्धि सार्वजनिक गर्नु भएको छ । सरुवा भएर जानु अघि मंगलबार पत्रकार सम्मेलन आयोजना गरी डियस्पी पौडेलले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्नु भएको हो ।
जिल्लामा चुस्त र प्रभावकारी शान्तिसुरक्षाको व्यवस्था, विकृति, विसंगती र अपराध नियन्त्रण, सफल अनुसन्धान, नदीजन्य पदार्थको अवैद्य ओसारपवार नियन्त्रण लगायतका कार्यलाई डियस्पी पौडेलले उपलब्धिको रुपमा सार्वजनिक गर्नु भएको छ । पौडेलले स्थानीय तहको निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्बक सम्पन्न हुनु आफ्नो कार्यकालको प्रमुख उपलब्धि भएको बताउनु भयो । आफ्नो कार्यकालमा फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका ३९ जना फरार प्रतिवादी पक्राउ गरी निजहरुबाट २१ बर्ष ८ महिना १३ दिन कैद र १७ लाख २३ हजार ९६ रुपैया जरिवाना समेत असुल गरिएको उहाँले बताउनु भयो ।
जिल्ला सदरमुकाम चरिकोट लगायतका प्रमुख बजारहरुमा सिसिटिभि क्यामरा राख्नको लागि पहल र चरिकोटमा बसपार्क व्यवस्थापनको लागि सहकार्य र समन्वय गरिएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा अघि सारिएका योजनाहरुलाई पूर्णता दिइनु पर्ने बताउनु भयो । डियस्पी पौडेल राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगंज, काठमाडौंमा सरुवा भइ जानु भएको छ । पौडेलको स्थानमा सरुवा भएर नयाँ डिसपीको रुपमा दिपक खड्का आउनु हुने भएको छ ।

Shares

Be the first to comment on "दोलखाका डियसपी पौडेलको कार्यकालमा भएका उपलब्धि सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*