दोलखाबाट जन्ती लिएर गएको बस दुर्घटना ,३ जनाको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पाबाट विहेको जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा घटना स्थलमा नै ३ जनाको मृत्यु भएको छ । घटनामा परी ५२ जना घाइते भएका छन्। दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको बताइएको छ । घटनाको थप बिवरण आउन बाँँकी रहेको छ ।अहिले घाइतेहरुको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर सहितका जनप्रतिनिधीहरुले उद्वार गरिरहेको छ ।

Shares

Be the first to comment on "दोलखाबाट जन्ती लिएर गएको बस दुर्घटना ,३ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*