नेकपा दोलखाले माघ मसान्तसम्म सवै वडामा प्रशिक्षण दिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस)–नेकपा दोलखाको जिल्ला कमिटीको तेस्रो पुर्ण बैठकले सचिबालयले गरेको निर्णयलाई अनुमोदन गरेको छ । सदरमुकाम चरिकोटमा वुधबार बसेको सचिबालय बैठकको निर्णयलाई विहिबार बसेको बैठकले अनुमोदन गरेको हो । बैठकले यस अघि सचिबालय गरेको पाटीका विभागको पुर्णता तथा अन्य कमिटीको विस्तारलाई अनुमोदन गरेको जनाइएको छ । वैठकले पालिकाका कमिटी तथा आफ्ना पाटीबाट जित हासिल गरेका जनप्रतिनिधी विच अन्तर संम्बाद गर्ने निर्णय गरेको नेकपा दोलखाका सचिबालय सदस्य एवंम कार्यालय सचिब मोहन थापाले जानकारी दिए । माघ १० गते सम्म पालिका स्तरमा तथा वडा स्तरमा माघ मसान्तसम्म प्रशिक्षण दिने निर्णय भएको थापाले जानकारी दिए । वैठकमा नेकपा ३ नम्बर प्रदेशकी ईन्र्चाज अष्ट लक्ष्मी शाक्य ,सह ईन्र्चाजहरु हितमान शाक्य तथा काशिनाथी अधिकारी सचिब आनन्द पोखरेल, जिल्ला कमिटी अध्यक्ष ईस्वरचन्द्र पोखरेल, सचिब गोपाल पाण्डे तथा जिल्ला कमिटीका नेता कार्यक्रताले आफ्नो धारणा राखेका थिए ।

रिक्त स्थान थप सदस्य मनोनित
यस नेकपाको जिल्ला कमिटीमा रहेका घन श्याम सेडाईले कार्यक्षेत्र नमिलेको भन्दै जिल्ला कमिटीबाट राजिनामा दिएको र उनको राजिनामा स्वीकृती गर्दै उनको स्थानमा हरि ओलीलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।

Shares

Be the first to comment on "नेकपा दोलखाले माघ मसान्तसम्म सवै वडामा प्रशिक्षण दिने"

Leave a comment

Your email address will not be published.


*