बागमती प्रदेशका नेपाली काँग्रेसका जनप्रतिनिधीहरुलाई प्रशिक्षण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा नेपाली कांग्रेसले बागमती प्रदेशका जनप्रतिनिधीहरुलाई शुक्रबार र शनिबार प्रशिक्षण दिएको छ । कांगे्रसले जनप्रतिनिधीहरुलाई पार्टीसँग जोड्नको लागि प्रशिक्षण दिएको जनाएको छ । बागमती प्रदेश प्रशिक्षण नीति तथा अनुसन्धान विभागको आयोजनामा उक्त प्रशिक्षण दिएको हो  । प्रशिक्षणको नेपाली कांग्रेसका उपसभापति एवं नीति तथा प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले शुक्रबार उद्घाटन गर्नु हुदै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीलाई जनतासँग हातेमालो गरेर काम गर्न सुझाब दिनु भयो । नेपाली कांग्रेसले तीनवटै तहको निर्वाचनमा सफलता हासिल गर्दै पहिलो पार्टी बन्न सफल भएको बताउदै जनताको मन जितेर जनप्रतिनिधिहरुले काम गर्नु पर्ने बताउनु भयो । कांग्रेसले सयौँ राम्रा काम गरेपनि सही रूपमा प्रचार हुन् नसकेको उहाँको भनाई रहेको थियो । कांग्रेसमा आन्तरिक विवाद हुँदा कार्यकर्ता निराश बन्दै गएको उल्लेख गर्दै अब नवीनतम योजना सहित पाटी धारिलो बन्नुपर्ने खड्काले बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले पाटी भित्र एउटै व्यक्तिलाई मात्र अबसर दिने प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो  । “नेपाली कांगे्रसले सरकारमा एउटै व्यक्ति लाई ४÷५ चोटी पठाउने गरेको छ,यसलाई बन्द गरीनुपर्दछ ।”, शेर्पाले भन्नु भयो,” एक ब्यक्तिलाई दुई पटक भन्दा बढी मन्त्री बनाउनु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ ।” नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दन राज काफ्लेले जनअपेक्षा अनुसार पार्टीले काम गर्नु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका नेपाली कांगे्रसका सभापति इन्द्र बानियाँ , दोलखाका पाटी सभापति बर्मा लामा लगायतले समसायिक परिस्थिति एबं काँग्रेसको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्नु भएको थियो । जनप्रतिनिधीहरुलाई प्रा.कृष्ण खनाल , डा. सुरेश आर्चाय , डा.कृष्ण पौडेल, पुष्पा भुसाल,विनोद चौधरी ,डा.बुद्धीमान श्रेष्ठ तथा डा.खेमलाल देवकोटाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा दोलखा, रामेछाप , काठमाडौँ , भक्तपुर , ललितपुर लगायत बागमती प्रदेशका १३ जिल्लाका नेपाली काँग्रेसबाट निर्वाचित स्थानीयतहका जनप्रतिनिधि,प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "बागमती प्रदेशका नेपाली काँग्रेसका जनप्रतिनिधीहरुलाई प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*